ट्राफिकलाई ल्यापटप सहयोग

Gandaki Kotihome

बेनी,। बेनी नगरपालिका वडा नम्वर ८ को कार्यालयले जिल्ला ट्राफिक प्रहरी कार्यालय म्याग्दीलाई आइतबार एकथान ल्यापटप सहयोग गरेको छ ।

वडा अध्यक्ष रामकृष्ण बराईली –विश्वकर्मा)ले ट्राफिक प्रहरी कार्यालयका प्रमुख इन्द्र बहादुर नेपालीलाई १४ इन्चको ल्यापटप हस्तान्तरण गर्नुभएको हो । चालु आर्थिक बर्षका लागि ट्राफिक व्यवस्थापनका लागि वडा कार्यालयले बिनियोजन गरेको बजेट मध्यबाट रु ८० हजारको ल्यापटप खरिद गरि सहयोग गरिएको वडा अध्यक्ष बराईलीले जानकारी दिनुभयो ।

Notice about ban dadalo

वडाले ट्राफिक व्यवस्थापनका लागि रु. ३ लाख बजेट विनियोन गरेको छ । ट्राफिक कार्यालयको माग र आवश्यकता अनुसार ल्यापटप कम्युटर सहयोग गरिएको र बाँकी रहेको बजेटबाट जेव्राक्रसिङ निर्माण तथा ट्राफिक सचेतनाका कार्यक्रम संचालन गरिने अध्यक्ष बराईलीले बताउनुभयो ।

Shreekrishna hardwear in news

ट्राफिक व्यवस्थापन सम्वन्धी विभिन्न तालिम तथा प्रशिक्षणहरुमा विद्यार्थी तथा चालकहरुलाई सचेनतामूलक फोटो, भिडियो प्रस्तुत गर्नका लागि वडाबाट प्राप्त ल्यापटपले महत्वपूर्ण सहयोग मिल्ने जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख नेपालीले बताउनुभयो ।

ट्राफिक कार्यालयमा ल्यापटप नहुँदा विभिन्न विद्यालयहरुमा ट्राफिक सचेतनाका कार्यक्रम सचालन गर्दा कठिनाई भएकाले वडा कार्यालयलाई ल्यापटप माग गरिएको प्रमुख नेपालीले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...