काफलडाँडा र रिममा चुनाबी कार्यक्रम

Shreekrishna hardware

बेनी, । नेकपा एमालेका उमेद्वार सहितको टोलीले आइतबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८, राम्चेको काफलडाँडा र ७ नम्बर वडा रिममा चुनाबी प्रचार सभा गरेको छ ।

एमालेका अन्नपूर्ण गाउँपालिकाको अध्यक्षका उम्मेदवार भरत पुन, उपाध्यक्षका उम्मेदवार दिवा पुनले सभामा मन्तव्य राख्दै समृद्ध गाउँपालिका निर्माणका लागि आफ्नो पहलकदमीमा उत्कृष्ट कदम चाल्ने प्रतिवद्धता जनाउनुभयो ।

एमाले म्याग्दीका सचिवालय सदस्य खड्ग गिरीले एमालेले भरत पुन र दिवा पुनलाई किन उम्मेदवार बनायो भन्ने सन्दर्भमा आफ्नो विचार व्यक्त गरेका थिए । कार्यक्रममा अन्नपूर्ण गाउँ कमिटीका अध्यक्ष धनकुमार गर्बुजा, राम्चेका वडा अध्यक्षका उम्मेदवार खमबहादुर गर्बुजा, दलित महिला सदस्य उम्मेदवार एलिना रसाईली लगायतले मन्तव्य राखेका थिए ।

Shreekrishna

काफलडाँडामा सम्पन्न भएको चुनाबी कार्यक्रम नेकपा एमालेका वडा कमिटी अध्यक्ष तुलबहादुर पाईजाको अध्यक्षता, गाउँपालिका कमिटीका उपसचिव सुरेश पूर्जाको स्वागत र सिवानींिसंह ल्वागुनको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

यसैगरी एमालेले रघुगंगा गाउँपालिका–४, दग्नाममा (आइतबार) चुनाबी प्रचार सभा गरेको छ । चुनाबी सभालाई सम्बोधन गर्दै नेकपा एमालेका पोलिट व्युरो सदस्य थममाया थापाले जनताले स्वतन्त्रता चाहने र उनीहरुले आफ्नो मताधिकार स्वतन्त्रतापूर्वक प्रयोग पाउनुपर्ने बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

पूर्व मन्त्री समेत रहेकी पोलिट व्युरो सदस्य थापाले नागरिकलाई डर, त्रास देखाएर मत दिन दवाव दिनेहरुको धाक, धम्कीलाई अब चुनौती दिने बताउँदै जनताले आफ्नो अधिकार स्वतस्फूर्त रुपमा प्रयोग गर्ने अवस्था आएको हुँदा त्यसको उचित सम्मानका लागि एमाले सधैँ कटिबद्ध रहेको बताएकी छन् ।

कार्यक्रममा नेकपा एमाले म्याग्दीका उपाध्यक्ष बालकृष्ण सुवेदीले श्रमिक, मजदुर तथा सम्पूर्ण पछाडि परेका नागरिकको सम्मान गर्न सक्ने पार्टी एमाले रहेको बताउनुभयो । उहाँले श्रमिकहरुको हकहितका साथै जीवन सुरक्षित बनाउन योगदानमा आधारित सामाजिक सुरक्षा योजना एमाले सरकारको पालामा आएर कार्यान्वयनको पाटोमा गएको हुनाले सबैको मत एमालेको सूर्य चिन्हमा हुनुपर्ने बताउनुभयो ।

एमाले रघुगंगा गाउँपालिका अध्यक्ष एवं अध्यक्षका उम्मेदवार प्रेमबहादुर कार्कीले नेकपा एमालेको जितले मात्रै सुखी नेपाली र समृद्ध नेपाल बन्न सक्ने बताउनुभयो । उहाँले विधि र कानुनी राज्यका लागि पनि एमालेले जित्नुपर्नेमा जोड दिनुभयो । एमाले दग्नामका वडा कमिटी अध्यक्ष एवं वडा अध्यक्षका उम्मेदवार ईन्द्रमान थजालीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका उपाध्यक्षका उम्मेदवार यामकुमारी गर्बुजाले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम झलक शर्माको सञ्चालन र रिमती तिलिजाको स्वागतमा सम्पन्न भएको थियो ।

यसैबीच सोही अवसरमा सम्पन्न एमालेको चुनाबी प्रचार सभाले गणेश थजाली अध्यक्ष, रेशम गर्बुजा उपाध्यक्ष, तिलक गर्बुजा सचिव र खबिर तिलिजा सहसचिव रहेको १८ सदस्यीय युवा संघ नेपालको वडा कमिटी गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...