ताकममा काँग्रेस–माओवादीको संयुक्त चुनाव परिचालन समिति

Gandaki Kotihome

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा आसन्न स्थानीय तह निर्वाचनका लागि बिहिबार नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रले संयुक्त चुनाव परिचालन समिति बनाएका छन् ।

वैशाख ३० गते हुने स्थानीय तह चुनावमा पालिकाभर साझा उमेद्वार बनाएका काँग्रेस र माओवादीका कार्यकर्ताको भेलाले तेजेन्द्रबहादुर थापा संयोजक र बिपिन पौडेल सहसंयोजक रहेको ११ सदस्यीय संयुक्त परिचालन समिति बनाएका हुन् ।

यसैगरी रिमप्रकाश थापाको संयोजकत्वमा मतदाता शिक्षा परिचालन उपसमिति गठन भएको छ । काँग्रेसका वडा सभापति थमबहादुर पुनको अध्यक्षता र माओवादीका वडा कमिटि इञ्चार्ज किरन थापाको सञ्चालनमा भएको अगुवा कार्यकर्ता भेलामा सहभागी दुवै पार्टीकाले तालभेलालाई प्रभावकारी बनाएर चुनावी नतिजा आफ्नो पक्षमा पार्ने प्रतिवद्धता जनाएका छन् ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षका उमेद्वार प्रेमप्रसाद पुन, माओवादीबाट उपाध्यक्षका उमेद्वार रेशम पुन, माओवादीबाट वडा अध्यक्षका उमेद्वार अशोक खत्री, वडा सदस्यका रामबहादुर खत्री, विरबहादुर हर्मेल बि.क., दिलकुमारी विश्वकर्मा र नरकुमारी बुढाथोकीको पनि उपस्थिति थियो ।

धवलागिरी गाउँपालिकाको सन्तुलित विकास, शुसासन, विभेदको अन्त्य र सवैको समान अधिकार सुरक्षित गराउनका लागि काँग्रेस माओवादीका साझा उमेद्वारलाई जिताउने भेलाले निर्णय गरेका छन् ।

कार्यक्रममा काँग्रेसका महाधिवेशन प्रतिनिधी याम हर्मेल र माओवादीका गण्डकी प्रदेश समिति सदस्य खुमनाथ सुवेदीको पनि उपस्थिति थियो । चुनावलाई लक्षित गरेर घरदैलो सहितको प्रचारप्रसार अभियानलाई तिब्रता दिने निर्वाचन परिचालन समितिले जनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...