स्वाँतमा सडक र मन्दिर उद्घाटन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

सुरेन गुरुङ
शिख । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा निर्माण भएको सडक र मन्दिर मंगलबार उद्घाटन गरिएको छ ।

स्वाँतको पुल देखि घुर्जा जोड्ने मोटरबाटो र स्वाँत टोलको गणेश मन्दिरको पुर्व मन्त्री उत्तमबहादुर पुनले उद्घाटन गर्नुभएको हो । पुन समुदायबाट पहिलो पटक मन्त्रि भएका उत्तमको जन्मथलो स्वाँत हो ।

स्वाँत टोल सुधार समितिका अध्यक्ष टेकबहादुर तिलिजाको अध्यक्षता र नारायण तिलिजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा गायक कुमार पुन र गायिका बसन्ती थापामगरले गित तथा स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत गर्नुभएको थियो ।

Shreekrishna

कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, क्याप्टेन बलबहादुर तिलिजा, नरबहादुर तिलिजा, कार्यवाहक वडा अध्यक्ष राजेश तिलिजा, वडा सचिव कुलप्रसाद आचार्य, अगुवा चन्द्र गर्बुजा, बागबिर पाइजा लगायतको उपस्थिति रहेको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

कार्यक्रममा गाउँको विकासमा अगुवाई गर्ने पुर्व मन्त्री उत्तम पुन, क्याप्टेन बलबहादुर तिलिजा, नरबहादुर तिलिजा, चन्द्र गर्बुजा, गाउँपालिका अध्यक्ष डमबहादुर पुनलाई स्थानीयबासीहरुले दोसल्ला ओढाएर सम्मान गरेका थिए । प्रमुख अतिथि पुनका परिवारले टोल सुधार समितिलाई रु. ७५ हजार पनि सहयोग गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...