म्याग्दीमा निःशुल्क मुटुरोग शिविर हुने

Gandaki Kotihome

बेनी । वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईको नेतृत्वमा म्याग्दी जिल्लामा विदेशी चिकित्सक सहित दुई दिने निःशुल्क मुटु परीक्षण एवम् स्वास्थ्य शिविर गरिने भएको छ ।

काठमाण्डौमा रहेको सेभ द हार्टको आयोजना, मनमोहन कार्डियोग्राफि तथा भास्कुलर सेन्टरको प्राविधिक सहयोग र म्याग्दीको ओमकुमारी शान्ति कोष र म्याग्दी प्रवासी नेपाली संघ मोना कतारको सह–आयोजनामा आगामी बैशाख १६ र १७ गते बेनी अस्पतालमा हुने छ ।

म्याग्दी र छिमेकी जिल्लाका बिरामीलाई लक्षित गरी शिविरको आयोजना गरिएको शिविरका संयोजक हरिकृष्ण गौतमले बताउनुभयो । शिविरमा स्कुले विद्यार्थीलाई छुट्टै परिक्षण सहित मुटुमा समस्या देखिएकाहरूको पहिचान गरी उपचारमा सहयोग पु¥याउने गरीगाउँ–गाउँमा पुगेर प्रचारप्रसार समेत गरिने संयोजक गौतमले बताउनुभयो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

बेनी अस्पताल, म्याग्दी जेसीज, लायन्स क्लव अफ बेनी पिस सिटी सहित विभिन्न संघसंस्था स्थानीय सरकारहरुको समन्वयमा शिविर गरिने ओमकुमारी शान्ति कोषका कार्यालय प्रमुख डकबहादुर रोकाले बताउनुभयो । उहाँले शिविरका लागि जिल्ला शिक्षा समन्वय इकाई मार्फत सबै विद्यालयमा जानकारी सहित कोषमार्फत हालसम्म सहयोग गरिएकालाई जानकारी गराइएको छ ।

शिविरमा नेपालका वरिष्ठ मुटुरोग विशेषज्ञका साथै यूरोपेली मुलुक इटालीबाट समेत मुटुरोग विशेषज्ञ गरी करिब ४० जना चिकित्सक, स्वास्थ्यकर्मीको उपस्थिती हुने छ । सेभ द हार्टका महासचिव शेरबहादुर रानाले मुटुको शल्यक्रिया गर्नुपर्ने वा थप उपचारका लागि काठमाण्डौमा जानुपरेमा संस्थाले सहयोग गर्ने बताउनुभयो ।

मुटु रोगको बारेमा सचेतना र रोगवारे जान्ने अवसर समेत हुनेभएकाले शिविरमा आएर चेकजाँच गर्न समेत अनुरोध गरिएको छ । शिविरमा निशुल्क इसिजि, निशुल्क कार्डियोग्राफी सेवा, निशुल्क औषधी वितरण, १८ वर्ष माथिका विपन्नलाई उपचारमा आवश्यक सहयोग समेत गरिनेछ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस