बेनपा–७ को वडा अध्यक्षमा नरेश श्रेष्ठको उमेद्वारी घोषणा

Gandaki Kotihome

बेनी । बेनी नगरपालिका–७ को वडा अध्यक्षमा युवा व्यवसायी नरेश श्रेष्ठले उमेद्वारी घोषणा गर्नुभएको छ ।

बेनीको हुलाकचोक निवासी श्रेष्ठले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा वडा अध्यक्षको उमेद्वार बन्ने घोषणा गर्नुभएको हो । सुविधा र लोकप्रियताको लागि नभई वडाको विकासका लागि युवा नेतृत्वको आवश्यकता महशुस गरेर उमेद्वार बनेको श्रेष्ठले बताउनुभयो ।

Notice about ban dadalo

लायन्स क्लव लगायत सामाजिक संघ संस्थाको नेतृत्व गरेको अनुभव सँगालेका श्रेष्ठले वडा भित्र नमुना काम गरेर देखाउने प्रतिवद्धता जनाउनुभयो । लायन्स क्लव बेनी पिस सिटीको अध्यक्ष हुदाँ श्रेष्ठले भोकभोकै मर्ने थालेका पशुचौपायालाई खाना देखि विपन्नलाई खाद्यान्न सहित स्वास्थ्य साम्रागी वितरण गरी लायन्सको देशभरी नै उत्कृष्ट शाखाको सम्मान समेत प्राप्त गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

बेनी नगरपालिका ७ को वडा अध्यक्षमा मंगलाघाट निवासी बेनी नगरपालिकाका पुर्व कर्मचारी कृष्णप्रसाद शाक्यले उमेद्वारी घोषणा गर्नुभएको थियो ।

नेकपा एमालेले अहिलेका वडा अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाईनै वडा अध्यक्षको उमेद्वारमा दोहोराउने निर्णय गरेको छ । नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र राप्रपा लगायत दल पनि बेनपा ७ को वडा अध्यक्षको उमेद्वार छनौटको प्रक्रियामा छन् ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...