बेनीको मेयर र उपमेयरमा माओवादीका उमेद्वार सिफारिस

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी,। नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तह निर्वाचनका लागि म्याग्दीको बेनी नगरपालिकाको मेयर र उपमेयरका उमेद्वार सिफारिस गरेको छ ।

बेनीमा आइतबार बसेको बेनी नगर कमिटिको बैठकले मेयरमा सेरबहादुर केसी र धनलाल जैसी, उपमेयरमा ज्योती लामिछाने पौडेलको नाम प्रदेश कमिटिमा सिफारिस गर्ने निर्णय गरेको हो ।

माओवादीका प्रदेश कमिटि सदस्य बिनोद केसीले मेयरमा दावी गरेका दुई जना र उपमेयरमा पौडेलको एकल नाम सिफारिस गरिएको जानकारी दिनुभयो । बैशाख ३० गते हुन लागेको चुनावमा तालमेलको सैद्धान्तिक सहमति गरेको सत्ता साझेदार पाँच दलीय गठबन्धनको प्रमुख घटक नेपाली काँग्रेसले गत शुक्रबार बेनीको मेयरमा चिरञ्जिवी शर्मालाई उमेद्वार बनाउने निर्णय गरेको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

माओवादीका बेनी नगर इञ्चार्ज समेत रहेका केसी गठबन्धनभित्र तालमेलको प्रयास भएपनि समय घर्किसकेकाले तालमेल नभएको अवस्थाको पनि आँकलन गरेर उमेद्वार सिफारिस गरिएको बताउनुभयो ।

मेयरमा सिफारिस भएका केसी माओवादीको बेनी नगर अध्यक्ष र जिल्ला समन्वय समितिका सदस्य हुनुहुन्छ । गत निर्वाचनमा बेनी नगरपालिकामा माओवादीको उमेद्वार भएर जितेका केसी एक्ला हुनुहुन्थ्यो । बेनी नगरपालिका–७ शान्तिटोल निवासी केसी राजनीतिका साथै सहकारी लगायत सामाजिक संघ संस्थामा आवद्ध हुनुहुन्छ ।

माओवादीबाट मेयरका दावेदार बेनपा ३ भकिम्ली निवासी जैसी माओवादीको श्रम तथा वैदेशिक रोजगार विभागको केन्द्रिय सदस्य, नेपाल वैदेशिक रोजगार व्यवसायी संघ र नेपाल केन्द्रिय मह व्यवसायी संघको अध्यक्ष हुनुहुन्छ ।

उपमेयरको उमेद्वारमा सर्वसम्मत सिफारिस हुनुभएकी पौडेल अनेमसंघ क्रान्तिकारीको जिल्ला अध्यक्ष हुनुहुन्छ । उहाँ गत चुनावमा उपमेयरमा झिनो मतान्तरले पराजित हुनुभएको थियो । सहकारी र सामाजिक संघ संस्थामा सक्रीय बेनपा–७ कुरीलाखर्क निवासी पौडेल माओवादीमा युवा र महिला नेताको रुपमा स्थापित हुनुहुन्छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...