बेनी,। म्याग्दीको रघुगंगा गाउँपालिकाको विभिन्न ठाउँमा शनिबार दिउँसो परेको असिनापानीले खेतीबालीमा क्षति पु¥याएको छ ।
असिनाले गहुँ, जौ, आलु, मकै बालीमा क्षति पुगेको हो । रघुगंगाको बेग, भगवति, पिप्ले र मौवाफाँट क्षेत्रमा असिना परेको स्थानीयबासीले बताएका छन् ।
भित्र्याउने बेला भएको गहुँ, भर्खरै उम्रिएको मकै र आलुका बिरुवा असिनाले चुटेको छ । सुन्तला जात फलफूल र तरकारी खेतिमा पनि असिनाले क्षति गरेको छ । क्षतिको पूर्ण विवरण आइसकेको छैन् ।