खोलो तरेर लौरो नबिर्सन काँग्रेस कार्यकर्तालाई गृहमन्त्री खाँडको आग्रह

Gandaki Kotihome

बेनी, गृहमन्त्री बालकृष्ण खाँडले वर्तमान सत्ता गठबन्धनप्रति पूर्ण विश्वास गर्न र ‘खोलो तरेर लौरो विर्सन नहुने’ बताएका छन् ।

नेपाली काँग्रेस म्याग्दीले शुक्रबार बेनीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले गठबन्धनमा आवद्ध दलहरुलाई समेटेर साथसाथै लैजानुपर्ने बताए ।

‘गठबन्धनका लागि हामीले अन्य दलहरुलाई बचन दिएका छौ,’ खाँडले भने ‘नदीमा बाढी आउँदा लौरेले खोला तर्ने अनी पारी तरेपछि लौरो बिर्सन हुदैन । नयाँ चुनाव भएर संसदको अंकगणित फेरबदल नहुँदासम्म गठबन्धन कायम रहन्छ ।’ वर्तमान सत्ता गठबन्धनले आगामी संघीय र प्रदेश सभा निर्वाचनसम्म निरन्तरता पाउनेमा विश्वास गर्न कार्यकर्तालाई आग्रह गरे ।

Upper Myagdi transmition line notice

‘राजनीतिक बिचार फरक भएपनि निश्चित उद्देश्यका लागि इतिहाँसदेखिनै सहकार्य र सम्झौता गरेको बिषय काँग्रेसले बिर्सनु हुदैन्,’ गृहमन्त्री खाँडले भने ‘नेपालमा दिगो शान्ति, संबिधान, लोकतान्त्रिक मूल्य पद्धतिको रक्षा गर्दै काँग्रेसलाई महत्वपूर्ण भूमिकामा फर्काउन गठबन्धन गरेको हो ।’

Annapurna aarohan ko notice

संसदमा साथै भएका दलहरुसँगको सहकार्यलाई निरन्तरता र हातेमालो गरेर संबिधान, मानवअधिकार, प्रेस स्वतन्त्रता, लोकतन्त्रको रक्षा गर्ने मुख्य कार्यभारतर्फ केन्द्रित हुन कार्यकर्तालाई निर्देशन दिए ।

नेपाल छन्त्याल संघको सातौ महाधिवेशनमा भाग लिन बेनी आउने क्रममा गृहमन्त्री खाँड हेलिकप्टर मार्फत शुक्रबारनै म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जामा पुगेका थिए । छन्त्याल र दलित समुदायको बसोबास रहेको विकट गुर्जा जस्ता बस्तीका बासिन्दा र त्यहाँ कार्यरत कर्मचारीहरुलाई थप सुविधा दिनेगरी योजना र नीति बनाउनुपर्ने गृहमन्त्री खाँडको भनाई थियो ।

यसैगरी आमाको नामबाट बंशजको आधारमा नागरिकता पाउने संवैधानिक व्यवस्था कार्यान्वयनका लागि नागरिकता ऐन बनाउन छलफलमा जुटेको पनि गृहमन्त्री खाँडले बताए । आमाको नामबाट नागरिकता नपाउँदा समस्यामा परेका म्याग्दीको बेनी नगरपालिका–७ का यास्मीन बेगम, समिर खान र सेनाज बेगमले गृहमन्त्री खाँडलाई ज्ञापनपत्र बुझाएर ध्यानाकर्षण गराएका थिए ।

गृहमन्त्री खाँडलाई नेपाली काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजा, पुर्व सभापति तथा संबिधानसभा सदस्य रेशमबहादुर बानियाले जिल्लाको बस्तुअवस्थाका बारेमा जानकारी गराएका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...