विद्याज्योतिमा अक्षयकोष स्थापना

Gandaki Kotihome

मल्लाज, । पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माविमा एक व्यक्तिले दिवंगत धर्मपत्नीको स्मृतिमा रु. दुई लाखको अक्षयकोष स्थापना गर्नुभएको छ ।


जलजला–४ घर भई हाल पोखरा मालेपाटन निवासी क्याप्टेन शिवबहादुर आचार्य क्षेत्रीले दिवंगत धर्मपत्नी कालिका आचार्यको स्मृतिमा कोष स्थापना गर्नुभएको हो । कोषको ब्याजबाट वार्षिक रुपमा कक्षा ११ र १२ का एक÷एक जना उत्कृष्ट विद्यार्थीलाई रु. १२ हजार ५०० का दरले पुरस्कृत गर्ने गरी कोष स्थापना गर्नुभएको हो ।

Notice about ban dadalo

अक्षयकोषबाट पहिलो पटक बिहिबार कक्षा १२ का अमर नेपाली र कक्षा ११ का सीसम कार्कीलाई जनही रु. १२ हजार ५०० का दरले प्रदान गरिएको छ । विद्यालयका प्रअ रघुनाथ आचार्यको अध्यक्षता र शिक्षक मेख भण्डारीको सञ्चालनमा सम्पन्न कार्यक्रममा शिक्षक कमलनयन आचार्यले स्वागत गर्नुभएको थियो ।

Shreekrishna hardwear in news

विद्यालय व्यवस्थापन समितिका पुर्व सदस्य तथा चन्दादाता लालबहादुर अधिकारी, पुर्व शिक्षक टेकनाथ आचार्य, सुवेदार रामबहादुर आचार्य, पुर्व शिक्षक तथा चन्दादाता नरेन्द्रबहादुर थापा, क्याप्टेन शिवबहादुर कार्की, क्याप्टेन रामबहादुर खत्री, पुर्व शिक्षक भगिरथ आचार्य, विद्यालय व्यवस्थापन समितिका सदस्य टेकबहादुर जिसी, शिक्षक अभिभावक सघका सदस्य बिष्णु कार्की र कुमारी परियार लगायतको उपस्थिति रहेको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...