जन्मदिनको अवसरमा शिक्षकद्धारा विद्यालयलाई सहयोग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । बेनी नगरपालिका–३ भकिम्लीको डाडाखानी स्थित बालप्रिय सारदा आधारभूत विद्यालयका शिक्षक देवी सुवेदीले जन्मदिनको अवसर पारेर बुधबार विद्यालयलाई सहयोग गर्नुभएको छ ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

विद्यालयलाई रु. २५ हजार नगद सहयोग गर्नुभएकी शिक्षक सुवेदीले विदार्थीहरुलाई शैक्षिक सामग्री पनि वितरण गर्नुभएको थियो । प्रअ जमुनाकुमारी रोकालाई नगद हस्तान्तरण गर्नुभएको थियो ।

कक्षा ८ सम्म पढाई हुने विद्यालयमा १०२ जना विद्यार्थी छन् । जन्मदिन मनाउदाँ हुने फजुल खर्च घटाएर विद्यालयलाई सहयोग गरेको शिक्षक सुवेदीले बताउनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...