लालीगुराँसले ढकमक्क घोडेपानी पर्यटकको पर्खाइमा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

घोडेपानी । चारैतिर घना गुराँसको जंगलको बिचमा रहेको वस्ती । घरको झ्यालबाटै जंगलको पृष्ठभूमिमा लहरै देखिने हिमाल । पहाडको अग्लो स्थान । शान्त वातावरण । पाखाभरी ढकमक्क फुलेका लालीगुराँस । बिहान सुर्योदय र साँझमा सुर्यास्तको मनमोहक दृष्य अवलोकन गर्न सकिने ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको घोडेपानी पुनहिल क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपुर्ण र मनोरम छ । वसन्त ऋतुको आगमनसँगै फुलेका लालीगुराँसले अझै मनमोहक र आकर्षक बनाएको घोडेपानी टोल सुधार समितिका संयोजक बिरेन गर्बुजा पुनले बताउनुभयो ।

“घोडेपानी लालीगुराँसले ढकमक्क भइसकेको छ,” उहाँले भन्नुभयो “हामी पर्यटकको पर्खाइमा छौ । पर्यटकलाई स्वागत गर्न आतुर छौ ।” जाडो हटेको र वनजंगलमा लालीगुराँस फुलेपछि रमाइलो वातावरण बनेको छ । चैत–बैशाख गुराँस फुल्ने याम हो । यहाँ रातो, सेतो, चिमाली, सिमाली लगायत जातका गुराँस पाइन्छ ।

Shreekrishna

पाखोमा फुलेका गुराँसको जंगलको पृष्ठभूमिमा धौलागिरि, गुर्जा, अन्नपूर्ण, माछापुच्छ्रे लगायत १६ भन्दा बढी हिमाल र सुर्योदयको दृष्य अवलोकन गर्न सकिन्छ । विश्वमा ४२ प्रजातिको गुराँस पाईन्छ । नेपालमा ३२ प्रताजीका छन् । घोडेपानी क्षेत्रमा १६ प्रजातीका लालीगुराँस पाईने अध्ययन प्रतिवेदनहरुमा उल्लेख छ ।

लालीगुराँस नेपालको राष्ट्रिय फुल पनि हो । एकै स्थानमा धेरै प्रजातिका गुराँस पाईने यस क्षेत्रको जंगल गण्डकी प्रदेशकै ठूलो भएको स्थानीयवासी समेत रहनुभएका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो ।

“वनैभरी राताम्मे फुलेका गुराँसका रंगले घोडेपानी क्षेत्रको जंगल निकै मनमोहक र आकर्षक बनेको छ,” स्थानीयवासी समेत रहेका अध्यक्ष पुनले भन्नुभयो “गुराँसले भरिएको जंगलमा भ्रमण गर्न र प्राकृतिक सौन्दर्यमा रमाउन आउने पर्यटकको चहलपहल बढेको छ ।”
बेनी, बागलुङ, पोखरा, चितवन, काठमाडौ लगायत क्षेत्रबाट बिद्यार्थी, कर्मचारी र ब्यापारीहरु समूह बनाएर घोडेपानी भ्रमणमा आएका छन् । घोडेपानी पर्यटक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव निरीक्षक प्रेमराज गौलीका अनुसार दैनिक ६०÷७० जना विदेशी र १०० जना नेपाली पर्यटकहरु भ्रमणमा आएका छन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

“घोडेपानी–पुनहिल घुम्न आउने विदेशी पर्यटकको तथ्याङ्क हामीले राख्ने गरेका छौ,” उहाँले भन्नुभयो “कोरोना महामारी फैलिएपछि २०७६ चैत देखि रोकिएको पर्यटकको उपस्थिति गत फागुन देखि हुन थालेको छ ।”

काठमाडौवाट आठ जनाको समूहमा घोडेपानी घुम्न आउनुभएकी अक्षता भट्टराईले बजार देखि टाढाको एकान्त वातावरण र गुराँसले रंगिएको जंगलमा पदैलयात्रा गर्दा रमाइलो महशुस भएको बताउनुभयो । गुराँस, पहाड, हिमाल, सुर्योदयको दृष्यबाट मोहित भएको चितवनकी पुनम खरेलले अनुभव सुनाउनुभयो ।

फागुन महिनासम्म सुनसान घोडेपानीमा गुराँस फुल्न थालेपछि चहलपहल बढेको घोडेपानी होटल व्यवस्थापन उपसमितिका अध्यक्ष मिना पुनले बताउनुभयो । “स्वदेशी पर्यटकलाई आकर्षित गर्न सहुलियतको ब्यवस्था मिलाएका छौ,” उहाँले भन्नुभयो “घोडेपानीमा रहेका २७ वटा होटललाई सुविधा र पुर्वाधारको आधारमा दुई समूहमा वर्गीकरण गरेका छौ । ११ वटा होटललाई (क) र १६ वटालाई (ख) समूहमा वर्गिकरण गरेर फरक फरक दररेट बनाइएको हो ।”

एक रात वास बसेको, बेलुकाको खाना, बिहानको खाजा सहित रु. ९५० देखि एक हजार ६०० को प्याकेज बनाएका हुन् । यसअघि सबै होटलहरुले प्रतिव्यक्ति एक रात वास बसेको, बेलुकाको खाना र बिहानको खाजाको रु. एक हजार पाँच सय शुल्क लिने गरेका थिए ।

घोडेपानीका होटलमा दैनिक एक हजार जना भन्दा बढी वास बस्न सक्छन् । फागुन २८ गतेको बैठकले गरेको होटल वर्गीकरण र शूल्कको नयाँ दररेट २०७८ चैत १ गतेदेखि लागु हुने उपसिमतिका अध्यक्ष पुनले बताउनुभयो ।

अन्नपुर्ण चक्रीय पदमार्गको प्रमुख गन्तब्य घोडेपानी समुन्द्रि सतहदेखि दुई हजार आठ सय मिटरको उचाइमा अवस्थित छ । घोडेपानी देखि ३० मिनेट उकालो हिडेपछि पुनहिल पुग्न सकिन्छ । समुन्द्रि सतहदेखि तीन हजार २०० मिटर उचाइमा रहेको पुनहिलबाट सुर्योदय, हिमाल र लालीगुराँसको जंगल अवलोकन गर्न आउने पर्यटक घोडेपानीमा वास बस्ने गर्छन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...