गाउँ गाउँमा राजनीतिक सरगर्मी

Gandaki Kotihome

बेनी । आगामी बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनलाई लक्षित गरेर म्याग्दीका राजनीतिक दलहरुले सक्रीयता बढाएका छन् ।

ग्रामिण क्षेत्रमा राजनीतिक सरगर्मी बढेको हो । वडा र पालिकाका सम्भावित उमेद्वार तथा परिणामको चर्चा हुन थालेको छ । नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा, नेशनल मंगोल अर्गनाइजेशनले उमेद्वार छनौट अन्तिम चरणमा पु¥याएका छन् ।

स्वतन्त्र उमेद्वार घोषणा गरेकाहरुले पनि चुनावी अभियान लिएर गाउँ पसेका छन् । वडा र टोल स्तरमा भेला, सम्मेलन र जनभेटघाट अभियान सकेका प्रमुख दलहरु उमेद्वार छनौटको अन्तिम तयारीमा रहेको जनाएका छन् ।

Upper Myagdi transmition line notice

तालमेलको विकल्प खुल्ला राख्दै उमेद्वार छनौटमा जुटेका हुन् । मत सर्वेक्षण गरेर चुनावी परिणामलाई आफ्नो पक्षमा पार्न स्वतन्त्र मतदातालाई आकर्षित गर्ने र अन्य पार्टीका मतदाता तान्ने रणनीतिमा दलहरुले जोड दिएका छन् । मतदाताहरु भने नागरिकको नजिकको सरकारका रुपमा रहने स्थानीय तहमा सक्षम, योग्य र दुरदर्शी योजना बनाएर कार्यान्वयन गर्न सक्ने नेतृत्वको आवश्यकता रहेको बताउछन् ।

बेनी नगरपालिका ६ मा भएको एमालेको कार्यकर्ता भेला । तस्विर कृष्णबहादुर मल्लको फेसबुकबाट

अन्नपूर्ण गाउँपालिका–६ बिरौटाका सुबोध बरुवालले स्थानीय समस्या पहिचान र सम्बोधनका लागि अगुवाई गर्न सक्ने व्यक्तिलाई उमेद्वार बनाउनुपर्ने बताउनुभयो । “जनताको समस्या र आवश्यकता बुझेर काम गर्न सक्ने उमेद्वार बनाउनुपर्छ,” उहाँले भन्नुभयो “सबै दलहरुले सक्षम र योग्य व्यक्तिलाई उमेद्वार बनाए भने मतदातालाई बिवेक प्रयोग गर्न सजिलो हुन्थ्यो ।”

बेनी नगरपालिका–५ भिरमुनीका सुनिल पौडेलले चुनाव नजिकिएसँगै गाउँमा राजनीतिक सरगर्मी बढेको बताउनुभयो । वैदेशिक रोजगारीबाट हालै स्वदेश फर्किएका पौडेल युवाहरुको रोजगारी, गुणस्तरीय स्वास्थ्य, वैज्ञानिक शिक्षा, सन्तुलित विकास, शुसासन र पारदर्शीताको मुद्दा अवको चुनावी एजेण्डा बन्नुपर्ने बताउनुभयो । राजनीतिक योगदान गरेका, स्वच्छ छवी, सामाजिक भावना र अनुभवी व्यक्तिलाई मतदाताले उमेद्वारका रुपमा चाहेका छन् ।

Annapurna aarohan ko notice

नेकपा माओवादी केन्द्रले बेनी नगरपालिका– १ मा नरबहादुर थापा, बेनपा–३ मा पदम पुन, अन्नपूर्ण गाउँपालिका–२ मा ओम फगामी, रघुगंगा–२ मा नरबहादुर भण्डारी, मालिका–१ मा तिलक पुन, मालिका–३ मा मोतिप्रसाद बुढा, मालिका–४मा रेशम पुन, मालिका–७ मा रुविन जुग्जाली, धवलागिरी–६ मा चक्र पुन, धवलागिरी–७ मा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार छनौट गरिसकेको जिल्ला संयोजक रेशम जुग्जालीले बताउनुभयो । चैत २७ गतेसम्म वडा र पालिकाका उमेद्वार सिफारिस गर्न समय दिएको छ ।

बेनी नगरपालिका–१ मा टेकबहादुर थापा, बेनपा–६ मा कृष्णसिंह बानिया र बेनपा–१० मा मसविर रोकालाई उमेद्वार बनाउने निर्णय गरेको नेकपा एमालेले चैत २५ गतेभित्र उमेद्वारको सिफारिस गर्न पालिका कमिटिलाई निर्देशन दिएको जिल्ला अध्यक्ष देवेन्द्र केसीले बताउनुभयो ।

नेपाली काँग्रेस म्याग्दीका कोषाध्यक्ष अमृतमान शेरचनले वडा र पालिकाका उमेद्वार छनौटका विषयमा छलफल गर्न सोमबार जिल्ला कार्यसमितिको बैठक बोलाइएको बताउनुभयो । एक महिने अभियानका क्रममा वडा र पालिकाको सिफारिस र खटिएका प्रतिनिधीको प्रतिवेदनका आधारमा उमेद्वार छनौट गरिने उहाँले बताउनुभयो ।

मालिका गाउँपालिका ३ इग्रेमा भएको माओवादीको कार्यकर्ता भेटघाट ।

सत्ता गठबन्धनमा आवद्ध दलहरुबीच चुनावी तालमेलको सम्भावना भएपनि औपचारिक रुपमा छलफल गरेका छैनन् । ६ वटा स्थानीय तहमा ४५ वटा वडा रहेको म्याग्दीमा ८५ हजार ३७५ जना मतदाता कायम भएका छन् । जिल्ला निर्वाचन अधिकारी भिमप्रसाद घिमिरेले ७४ मतदानस्थल र ११४ मतदान केन्द्र कायम भएको जानकारी दिनुभयो ।

अन्नपुर्ण गाउँपालिका– ८ नागीको हिमाञ्चल मावि, बेनी नगरपालिका–५ चिप्लेटीको डिम्व आधारभूत र मंगला गाउँपालिका– १ भरजुलाको बालोदय आधारभूत विद्यालयमा मतदानस्थल थपिएको छ । कर्मचारीको विवरण संकलन गरेर श्रेणी÷तह विवरण छुट्याएर मुख्य निर्वाचन कार्यालयमा पेश गर्ने तयारी गरिरहेको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले मतदान स्थलहरुको स्थलगत अनुगमन गरि सुरक्षा रणनीति बनाउन जुटेको बताउनुभयो । स्थानीय तहको निर्वाचनमा म्याग्दीमा राष्ट्रिय मान्यता प्राप्त ६ वटा र अन्य १४ वटा दल जिल्ला निर्वाचन कार्यालयमा दर्ता भएका छन् । वि.स २०७४ को चुनावमा ७१ ह्जार ४६३ मतदाता रहेको म्याग्दीमा ७१ मतदानस्थल र ११० वटा मतदान केन्द्र थिए ।

गत चुनावमा म्याग्दीमा नेपाली काँग्रेसले बेनी नगरपालिकाको प्रमुख, अन्नपुर्ण र रघुगंगा गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिका गाउँपालिकामा अध्यक्ष र १५ वटा वडामा अध्यक्ष जितेको थियो । एमालेले धवलागिरी र मंगला गाउँपालिकामा अध्यक्ष उपाध्यक्ष, मालिकामा उपाध्यक्ष र २३ वटा वडा जितेको थियो । माओवादी केन्द्रले सात वटा वडा र राप्रपाले बेनी नगरपालिकाको उपप्रमुख जितेका थिए ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...