बेनी–जोमसोम सडकमा केही दिन यातायात बन्द नहुने

Gandaki Ghumau

बेनी, म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा लागू गरिएको यातायात सञ्चालनको ‘टाइमकार्ड’ समयतालिका हटाइएको छ ।

म्याग्दीको बेनी देखि मुस्ताङको लेते सम्म विभिन्न ठाउँमा गत माघ १० गतेदेखि दैनिक छ घण्टा सवारी साधन आवत जावत रोकेर सडक स्तरोन्नतिको काम गरिदै आएको थियो । बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले चैते दशै सम्मका लागि सडकमा यातायात बन्द नगरिने जानकारी दिनुभयो ।

“मुस्ताङमा तिर्थयात्री र पर्यटकको चाप बढेपछि स्थानीय प्रशासनको अनुरोधमा चैते दशै सम्मका लागि समयतालिका हटाएका छौ,” उहाँले भन्नुभयो “सवारी आवत जावत प्रभावित नहुनेगरी सडक निर्माणलाई निरन्तरता दिने ब्यवस्था मिलाएका छौ ।”

Shreekrishna
Gunasthariya Shiksya

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर, वडा नम्बर २ नौनीबगर र मुस्ताङको सिमाना काभ्रेभिर खण्डमा बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवत जावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समयतालिका बताइएको थियो ।

यस वर्षको चैते दशै पर्व चैत २६ गते परेको छ । चैते दशैको समयमा मुस्ताङको कागबेनीमा दिवंगत आफन्तको स्मृतिमा पिण्डदान गर्ने चलन छ । भ्रमणको याम भएकाले स्वदेश तथा विदेशबाट मुस्ताङ घुम्न आएका पर्यटकहरुको चाप पनि बढेको छ । मुस्ताङमा केही दिनयता दैनिक तीन हजार जनाको हाराहारीमा तिर्थयात्री र पर्यटक भित्रिएका छन् ।

बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति करिब ७० प्रतिशत छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...