रोकेर राखिएका दुई वटा गाडीमा आगलागी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी। म्याग्दीको बेनी नगरपालिका–६ डम्मरामा रोकेर राखिएका दुई वटा गाडीमा बिहिबार बिहान आगलागी भएको छ ।

बेनी–दरबाङ सडक छेउमा रोकेर राखिएका ध १ ज ९८६ नम्बरको इको भ्यान र ध १ ज ७२६ नम्बरको ट्याक्सीमा आगो लागेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रहरी निरीक्षक बिरेन्द्रराज गुरुङले आगोलागीबाट इको भ्यान र ट्याक्सीमा क्षति पुगेको बताउनुभयो । “बिहान ४ बजे दुई वटै गाडीमा आगोलागी भएको थियो,” उहाँले भन्नुभयो “आगोलागीको कारणको विषयमा अनुसन्धान भैरहेको छ ।”

Shreekrishna

सवारी साधनमा आगलागी गर्नेको पहिचान भएको छैन् । बुधबार साँझ ७२६ नम्बरको ट्याक्सीलाई ठक्कर दिएको ९८६ नम्बरको इकोभ्यान नालीमा खसेर सामान्य क्षति भएको थियो ।

बिहिबार छलफल गरेर मर्मत गरी लैजाने सहमति गरेर दुई वटै सवारीका धनीले गाडीलाई डम्मरामा राखेका थिए । तर दुई वटै सवारी साधनमा आगोलागी भएपछि घटनालाई रहस्यमय रुपमा हेरिएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...