माओवादीले ताकममा अशोक खत्रीलाई वडा अध्यक्षको उमेद्वार बनाउने

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी, । नेकपा माओवादी कन्द्रले आसन्न स्थानीय तह निर्वाचनमा धवलागिरि गाउँपालिका ७ को वडा अध्यक्षमा अशोक खत्रीलाई उमेद्वार बनाउने भएको छ ।

वडा कमिटीको बुधबार बसेको बैठकले सर्वसम्मत रुपमा खत्रीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । पार्टीको वडा कमिटी अध्यक्ष समेत रहनुभएका खत्रीलाई अध्यक्ष पदको उम्मेदवार चयन गरिएपनि अन्य सदस्यहरुको टुंगो भने सबै क्षेत्रलाई समेटेर छिट्टै लगाउने तयारी गरिएको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

पार्टीको गाउँपालिका कमिटीका अध्यक्ष यामन रोका, इन्चार्ज खुमनाथ सुवेदी, सचिव रेशम पुनको उपस्थितिमा बसेको बैठकले वडामा पार्टीका उम्मेदवारहरुलाई बिजयी गराउन प्रचार प्रसारलाई समेत तिब्रता दिने निर्णय गरेको छ । खेलाडीको समेत पहिचान बनाउनुभएका खत्रीका परिवारले वडा कार्यालय भवन निर्माणको लागि जग्गा समेत उपलब्ध गराउनुभएको थियो । ताकममा सडक पु¥याउन खत्रीका दाजु दलबहादुरको महत्वपूर्ण योगदान रहेको छ ।

Shreekrishna

यस अघि माओवादी केन्द्रले धवलागिरी गाउँपालिका– ६ मराङमा चक्र पुन, रघुगंगा गाउँपालिका– २ भगवतीमा नरबहादुर भण्डारी, मालिका गाउँपालिका–१ निस्कोटमा तिलक पुन, मालिका गाउँपालिका–४ मा रेशम पुनलाई अध्यक्ष पदको उम्मेदवार टुंगो लगाइसकेको छ ।
त्यसैगरि बेनी नगरपालिका– ३ भकिम्लीमा हालका वडा अध्यक्ष पदम पुन र अन्नपुर्ण गाउँपालिका– २ का वडा अध्यक्ष ओमप्रसाद फगामीलाई पुनः वडा अध्यक्ष पदको उम्मेदवारमा दोहोराउने निर्णय गरेको छ ।

विस २०७४ सालको स्थानीय तहको चुनावमा आफूले जितेका ७ वटा वडालाई बचाउदै थप वडा र पालिका जित्ने लक्ष्य सहित चुनावी अभियान संग संगै उम्मेदवार छनौटलाई समेत तिब्र पारिएको माओवादी केन्द्र म्याग्दीका जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले जानकारी दिनुभयो । जिल्ला संयोजक जुग्जाली मालिका गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिने तयारीमा जुट्नुभएको छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...