पत्रकार महासंघको स्थापना दिवसमा रक्तदान

Gandaki Ghumau

बेनी । नेपाल पत्रकार महासंघको ६७ औ स्थापना दिवसको अवसरमा बुधबार बेनीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

Gunasthariya Shiksya

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाको प्राविधिक सहयोगमा पत्रकार महासंघ म्याग्दीले आयोजना गरेको कार्यक्रममा ११ जनाले रक्तदान गरेका थिए । महासंघका शाखा अध्यक्ष प्रकाश पौडेलको अध्यक्षता, सचिव सन्तोष गौतमको सञ्चालनमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष हरिकृष्ण गौतमले रक्तदानलाई प्रोत्साहन गर्न सन्देश प्रवाह गराउन कार्यक्रम गरिएको बताउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी म्याग्दीका उपसभापति तथा महासंघका संस्थापक सदस्य अमर बानियाले रक्तदानको महत्व र आवश्यकताको बारेमा नागरिकलाई बुझाउनुपर्ने बताउनुभयो ।
कार्यक्रममा बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्रप्रसाद सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष बेलबहादुर कटुवाल, गैरसरकारी संस्था महासंघ म्याग्दीका पुर्व अध्यक्ष हरिप्रसाद पौडेल, महासंघका संस्थापक शाखा अध्यक्ष घनश्याम खड्का, पुर्व अध्यक्ष सुरत केसी र तारानाथ शर्मा लगायतको उपस्थिति थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...