सेवाग्राहीको गुनासोको प्रक्रियागत सम्बोधन हुन्छ – बेनी अस्पताल

Gandaki Kotihome

बेनी, । बेनी अस्पतालले सेवा, सुविधामा समस्या भएको अवस्थामा प्रक्रियागत सम्बोधन गरिने जनाएको छ ।

अस्पतालको सेवा, सुविधाको विषयमा आइपर्ने समस्या र गुनासोको प्रक्रियागत सुनुवाई गर्न सकिने व्यवस्था हुदाहुदै चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई र्दुव्यवहार हुदाँ सेवा प्रवाहमा असर पर्नेतर्फ संवेदनशिल हुन आग्रह गरेको छ ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदी र प्रमुख चिकित्सक डा. जितेन्द्र कडेलले मंगलबार संयुक्त विज्ञप्ति जारी गरेर चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको कार्यस्थलमा भएको र्दुव्यवहारको घटनाप्रति ध्यानाकर्षण गराउनुभएको हो । असभ्य, र्दुरव्यवहार नगर्न अनुरोध गर्दै त्यस्ता कार्यमा संलग्न व्यक्ति कानुनी कारबाहीको भागिदार हुनुपर्ने भन्दै अस्पताल व्यवस्थापन र प्रशासनले सचेत गराएको हो ।

Upper Myagdi transmition line notice

गत फागुन २७ गते बेनी अस्पतालमा उपचारको क्रममा पर्वतको जलजला गाउँपालिका–४ मल्लाजकी २९ वर्षीया पुष्पा श्रेष्ठको निधन भएको विषयमा छलफलका क्रममा अस्पताल व्यवस्थापन समितिका सदस्य विज्ञान शर्माले अस्पतालका प्रमुख र स्वास्थ्यकर्मीहरुलाई गरेको गालीगलौच र असभ्य व्यवहारको विषयमा उहाँले आत्मालोचना सहितको प्रतिवद्धता जनाउनुभएको थियो ।

Annapurna aarohan ko notice

यसैगरी चैत ८ गते डेण्टल शाखाका चिकित्सकलाई सेवाग्राही साबित्री कार्कीबाट फागुन २७ गतेको घटनालाई आधार बनाएर गालीगलौच गरेकाले काम गर्ने वातावरण नभएको भन्दै चिकित्सकहरुले घटनाको विषयमा वास्तविकता सार्वजनिक गर्न अस्पताल व्यवस्थापन र प्रशासनसँग दवाव दिदै एक दिन ओपिडि सेवा बन्द गरेका थिए ।

५० शैया क्षमताको भएपछि ६५ शैया बराबरको सेवा दिएको बेनी अस्पतालमा १३ जना चिकित्सकको दरबन्दी भएपनि हाल ६ जना चिकित्सक मात्र कार्यरत छन् । सिमित जनशक्ति, स्रोत साधन र पूर्वाधारका बावजुद सेवालाई प्रभावकारी बनाउन प्रतिवद्धता जनाउदै स्वास्थ्यकर्मीलाई सुरक्षित भएर काम गर्ने वातावरण बनाउन विज्ञप्ति मार्फत अनुरोध गरिएको छ ।

अस्पतालका प्रमुख डाक्टर कडेलले सेवामा लापरबाही, बेवास्ता गर्ने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको विषयमा आउने गुनासो र उजुरीको छानविन गरेर पुष्टि भए कारबाही गर्ने बताउनुभयो । सम्भव भएसम्म बिरामीलाई बेनी अस्पतालमै सेवा दिने प्रयास गरेको पनि उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...