प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन अनेमसंघको माग

Gandaki Kotihome

बेनी । अखिल नेपाल महिला संघ (अनेमसंघ) म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरेको छ ।

बेनीमा शनिबार सम्पन्न आठौं जिल्ला सम्मेलनको बन्दसत्रबाट पारित भएको समसामयिक विषयको प्रस्तावमा प्रमुख पदमा महिलालाई उमेद्वार बनाउन माग गरिएको आइतबार जानकारी गराइएको हो ।

विभिन्न ८ वटा बुँदामा आधारित रहेर महिला तथा बालबालिकामाथि हुने यौनजन्य हिंसा तथा घटना, अफगानी सरकारले छात्राहरुको अध्ययनमा गरेको विभेद, रुस–युक्रेन युद्धले पारेको समग्र प्रभाव, संविधानको कार्यान्वयन, महिलाहरुको हकहित एवं अधिकारलगायत विभिन्न विषयहरु उठाएको छ ।

Upper Myagdi transmition line notice

अनेमसंघ म्याग्दीका नवनिर्वाचित अध्यक्ष यशोदा रोकाले जिल्ला सम्मेलनबाट समसामयिक विषयवस्तुहरुलाई समेटेर आठवटा बँुदाहरु पारित गरिएको प्रस्तावबारे जानकारी गराउँदै आगामी वैशाख ३० गते हुन गैरहेको आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत प्रमुख पदमा महिलाहरुले प्रतिस्पर्धा गर्न पाउनुपर्ने बताउनुभयो ।

Annapurna aarohan ko notice

उहाँले आधा आकाश ढाक्ने महिला र जनसङ्ख्याको हिसाबले पनि धेरै महिलाहरुको सङ्ख्य रहेको भए पनि अझै महिलालाई हेर्ने दृष्टिकोण तथा सानो पदमा चुनाव लडाउने परिपाटी रहेको हँुँदा यसलाई अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

सम्मेलनबाट पारित गरिएका समसामयिक प्रस्तावहरुमाथि स्पष्ट पार्दै अनेमसंघका जिल्ला अध्यक्ष रोकाले संविधानले गरेको व्यवस्थाअनुसार त्यसलाई पूर्ण रुपमा सबै तह र तप्काबाट कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सम्मेलनको बन्दसत्रले पारित गरेको प्रस्तावमा आसन्न स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा महिलाहरुले पनि प्रतिस्पर्धा गर्न पाउने अधिकारलाई सुनिश्चित गर्दै सबै तहका महिलाहरुको समान सहभागिता हुनुपर्ने माग गरिएको छ । यसैगरी संविधानमा भएको व्यवस्था बमोजिम समान कामको समान ज्याला, अंशमा छोराछोरीलाई समान हक, आमाको नामबाट नागरिकताको प्रमाणपत्र पाउनुपर्ने अधिकार, सबै क्षेत्रमा महिलाको सम्मानजनक सहभागिताको सम्बन्धमा व्यवहारमा देखिएका कठिनाइप्रति गहिरो दुःख व्यक्त गर्दै आवश्यक कानुनी त्रुटिहरु सच्याएर अबिलम्ब संविधानको पूर्ण रुपमा कार्यान्वयन गर्नका लागि नेपाल सरकारसमक्ष जोडदार रुपमा माग गरिएको छ ।

त्यस्तै श्रृङ्खलाबद्ध रुपमा मुलुकभर घटिरहेका यौन तथा घरेलु हिंसामा संलग्न अपराधीहरुलाई तत्काल पक्राउ गरी कडाभन्दा कडा कारवाही गर्न नेपाल सरकारप्रति जोडदार माग गर्दै बालिका, किशोरी तथा आम महिलाहरुको सुरक्षाको प्रत्याभूति गराउन आग्रह गरिएको अनेमसंघ म्याग्दीका नवनिर्वाचित सचिव विष्णु गुरुङले बताउनुभयो । उहाँले पछिल्लो समय प्रायजसो महिला तथा बालिकामाथि हुने यौनजन्य हिंसाका पीडकहरुलाई कानुनअनुसार कडा कारवाही गर्नुपर्ने भन्दै महिला हक अधिकारको संरक्षण गर्नुपर्ने बताउनुभयो ।


अनेमसंघले रुस र युक्रेनको युद्धबाट गास, बास गुमाउन पुगेका महिला, सुत्केरी, बालबालिका, ज्येष्ठनागरिकका साथै आम सर्वसाधारणहरुको सुरक्षा तथा मानव अधिकारको रक्षाका लागि संयुक्त राष्ट्रसंघलगायत अन्तर्राष्ट्रिय संस्थाहरुको ध्यानाकर्षण गराएको छ । यस्तै अफगानी सरकारले छात्रालाई विद्यालय जानबाट रोकेको घटनाप्रति पनि गम्भीर आपत्ति प्रकट गरिएको छ । यसैबीच अनेमसंघको जिल्ला सम्मेलन सफल बनाउन सहयोग गर्ने सबैप्रति धन्यवादज्ञापन गरिएको अध्यक्ष रोकाले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...