तातोपानीमा माछापुच्छ्रेको शाखारहीत बैंकिङ्ग सेवा

Gandaki Ghumau

बेनी, । बेनी नगरपालिका–४, सिंगा तातोपानीमा आइतबार माछापुच्छ्रे बैंकको १५९ औ शाखा सहित सेवा शुरु भएको छ ।

वडा अध्यक्ष गोविन्दप्रसाद पौडेल, बैंकका गण्डकी प्रदेश प्रमूख निलम गौतम र जिवन कार्कीले सेवाको शुभारम्भ गर्नुभयो । तातोपानी बजार, छिमेकी बरंजाका साथै कुण्डमा स्नान गर्न आउने बिरामीलाई लक्षित गरिएको ग्राहक सेवा केन्द्रका लागि स्थानीय ब्यवसायी सन्तोष पुन मगरलाई ब्यवसायिक प्रतिनिधी नियुक्ती गरिएको बैंकका बेनी शाखा प्रबन्धक यादव आचार्यले बताउनुभयो ।

Gunasthariya Shiksya

म्याग्दीको सदरमुकाम बेनीमा १६ बर्ष अगाडी निजी क्षेत्रबाट सबैभन्दा पहिलो ‘क’ बर्गको बैंकिङ सेवा सुरु गरेको माछापुच्छ्रे बैंकले जिल्लाका सबै स्थानीय तहमा सेवा विस्तारलाई प्रभावकारी बनाउन शाखारहित बैंकिङ्ग सेवालाई प्राथमिकता दिएको जनाइएको छ । सेवा शुभारम्भका ेअवसरमा तातोपानी कुण्ड ब्यवस्थापन समितिका अध्यक्ष बिरेन्द्रमान शाक्य लगायत स्थानीयबासीको सहभागिता रहेको थियो ।

Shreekrishna

केन्द्रबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भुक्तानी र कर्जाको सिफारिस गर्ने समेत व्यवस्था गरेको छ । बैंकले शाखारहित बैंकिङ्गसँगै समुदायलाई वित्तिय साक्षरता कार्यक्रम लगायत अन्य विभिन्न सामाजिक कार्यहरु समेत गर्ने प्रतिबद्धता जनाएको छ । बैंकले देशभर १ सय ६४ वटा शाखा, ८ वटा एक्सटेन्सन काउन्टर लगायत १ सय ५९शाखारहीत बैकिङ्ग सेवा २ सय २ एटिएम सेवामार्फत एघार लाखभन्दा बढी ग्राहकलाई सम्पूर्ण बैंकिङ्ग सुविधा प्रदान गरिरहेको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...