सामाजिक रुपान्तरणमा पूर्वमन्त्री थापाको जोड

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । नेकपा एमाले स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री थममाया थापाले समाज रुपान्तरणमा जोड दिनुभएको छ ।

अखिल नेपाल महिला संघ म्याग्दीको शुक्रबार बेनीमा आठौँ जिल्ला सम्मेलनको उद्घाटन गर्नुहुँदै संघको राष्ट्रिय सम्मेलन समितिका संयोजक समेत रहुनभएका थापाले राजनीतिले समाज परिवर्तनका लागि महत्वपूर्ण उपलब्धी हाँसिल गर्न आवश्यक रहेको बताउनुभएको हो ।

थापाले महिला अधिकार प्राप्तीका लागि अनेमसंघले खेलेको भूमिकाको चर्चा गर्दै समाजका हरेक क्षेत्रमा ३३ प्रतिशत महिला सहभागीता हुनुपर्ने बताउनुभयो । थापाले आसन्न स्थानीय तहको चुनावमा गठवन्धनका बिरुद्धमा नेकपा एमालेले एक्लै सामाना गर्ने बताउनुभयो ।

Shreekrishna

नेकपा एमालेका केन्द्रिय सदस्य एवं म्याग्दी जिल्ला ईन्चार्ज भूपेन्द्र बहादुर थापाले जनताको काम गर्ने र देशको बिकास गर्ने पार्टि एमाले भएकाले जनताकै चाहना अनुसार पुनः एमालेकै जित हुने दावी गर्नुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रदेश सभा सदस्य नरदेबी पुनले अनेमसंघ महिलाहरुको साझा घर भएको बताउनुभयो । उहाँले अझैपनि महिलाहरु समाजमा ढुक्क भएर हिड्न सक्ने अबस्था नरहेको प्रति दुख व्यक्त गर्दै महिलाहरु हरेक समयमा सचेत बनेर अगाडि बढ्नुपर्ने धारणा राख्नुभयो ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटि सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठले पार्टिले अघि सारेको बिचार, सिद्धान्त र एजेण्डालाई आत्मसाथ गर्दै महिलाहरुका अधिकारका निम्ती संघर्ष गर्न अनेमसंघमा आवद्ध नेतृहरुलाई आग्रह गर्नुभयो ।

सम्मेलनमा नेकपा एमाले जिल्ला कमिटि अध्यक्ष देबेन्द्र बहादुर कटुवालले महिलाहरुको सक्रियताले पार्टिलाई थप उचाईमा पुराउन सक्ने बिश्वास ब्यक्त गर्नुभयो । सम्मेलनको उद्घाटन सत्रमा नेकपा एमाले प्रदेश कमिटि सदस्य प्रमोद श्रेष्ठ, सुवास बिक, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव सुरज केसी, उपसचिव राजकुमार थापा, जिल्ला कमिटि सदस्यहरु, पालिका कमिटिका पदाधिकारी तथा बिभिन्न जनवर्गीय संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

सम्मेलनको उद्घाटन सत्रको अध्यक्षता अनेमसंघ जिल्ला कमिटि अध्यक्ष थमसरा पुनको अध्यक्षता, दिवा पुनको स्वागत र सचिव याम कुमारी गर्बुजाको संचालनमा सम्पन्न भएको थियो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...