माओवादीले म्याग्दीका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोक्यो

Gandaki Kotihome

बेनी । नेकपा माओवादी केन्द्र म्याग्दीले आगामी बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि जिल्लाका छ वटै स्थानीय तहमा चुनावी कमाण्डर तोकेको छ ।

बेनीमा शुक्रबार बसेको माओवादीको जिल्ला समन्वय समितिको बैठकले स्थानीय तह चुनाव लक्षित अभियान र उमेद्वार छनौट लगायत जिम्मेवारी सहित सम्बन्धित पालिकाका इञ्चार्जलाई कमाण्डर तोकेको हो ।

बेनी नगरपालिकामा बिनोद केसी, मालिका गाउँपालिकामा रेशम जुग्जाली (सुविन), मंगलामा टेकबहादुर विश्वकर्मा, धवलागिरीमा खुमनाथ सुवेदी, रघुगंगामा रिम कटुवाल र अन्नपूर्णमा वुद्धी पुनलाई चुनावी कमाण्डरको जिम्मेवारी दिइएको जिल्ला इञ्चार्ज तथा केन्द्रिय सदस्य गोविन्द पौडेलले जानकारी दिनुभयो ।

Upper Myagdi transmition line notice

“टोल, वस्तीमा पुगेर पार्टी र जनवर्गीय संगठन परिचालन गरि चुनावी तयारी र चैत २७ गतेभित्र उमेद्वार छनौट गर्न कमाण्डर खटाइएको हो,” उहाँले भन्नुभयो “पालिका र वडा कमिटिले अनुकुलता अनुसार कार्यक्रम बनाएर परिचालन गरेका छौ ।”

बैठकले इञ्चार्ज पौडेलको संयोजकत्वमा जिल्ला समन्वय समितिका संयोजक जुग्जाली, प्रदेश सहसचिव टेकबहादुर विश्वकर्मा, प्रदेश सांसद विनोद केसी र बेनी नगर अध्यक्ष सेरबहादुर केसी सदस्य रहेको वार्ता टोली बनाएको छ ।

Annapurna aarohan ko notice

“आफ्नै संगठनको बलमा चुनावमा जानुपर्ने कार्यकर्ताको सुझाव अनुसारको नीति लिएका छौ,” जिल्ला संयोजक जुग्जालीले भन्नुभयो “अन्य दलले सम्मानजनक तालमेलको प्रस्ताव गरेको अवस्थामा छलफलका लागि वार्ता समिति बनाएका हौ ।” नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चासँग तालमेलका लागि सहमति नजिक रहेको उहाँले बताउनुभयो ।

अरु दलहरुसँग चुनावी तालमेलको विषयमा औपचारिक छलफल नभएको र नेता कार्यकर्ताहरुबाट आफ्नै शक्तिमा चुनाव लड्न सुझाव आएको संयोजक जुग्जालीले बताउनुभयो । “४५ वटै वडा र छ वटै स्थानीय तहमा उमेद्वार खडा गरेर चुनावमा जान्छौ,” प्रदेश कमिटि सदस्य समेत रहेका सांसद केसीले भन्नुभयो “आफ्नो मत सुरक्षित गर्दै थप वडा र पालिका जित्न सकिन्छ ।”

वि.स. २०७४ को स्थानीय तह चुनावमा माओवादी केन्द्रका उमेद्वारले ५ वटा वडामा निर्वाचित भएका थिए । स्वतन्त्र उमेद्वार वनेर चुनाव जितेका मालिका–७ विमका वडा अध्यक्ष रेशम जुग्जाली र बेनी–३ भकिम्लीका वडा अध्यक्ष पदम पुन हाल माओवादी केन्द्रमा हुनुहुन्छ । माओवादी केन्द्रले जितेका वडामा तुलनात्मक रुपमा अरु पार्टिकाले जितेको भन्दा विकास निर्माण र सेवा प्रवाहका हिसावले अगाडी देखिनु माओवादीका बारेमा सकारात्मक सन्देश प्रवाह भएको बैठकमा सहभागी जिल्ला सदस्यहरुले बताएका थिए ।

फुटेका माओवादीका अधिकांश नेताहरु माओवादी केन्द्रमै फर्किएका, संगठन सुदृढ बनेको र माओवादी आन्दोलनका कारण भएको राजनीतिक उपलब्धी, माओवादी नेतृत्वको सरकारले गरेको लोडसेडिङ अन्त्य, बेनी–दरवाङ र बेनी–जोमसोम लगायत सडक आयोजना कार्यान्वयमा खेलेको भूमिकाले चुनावी माहौल बनाउन सहयोग पुग्ने माओवादीका नेताहरुको भनाई थियो । बैद्य र विप्लपमा गएका माओवादीका अधिकांश नेताहरु माओवादी केन्द्रमै फर्किएका, संगठन सुदृढ बनेको र माओवादी आन्दोलनका कारण भएको राजनीतिक उपलब्धी, माओवादी नेतृत्वको सरकारले गरेको लोडसेडिङ अन्त्य, बेनी–दरवाङ र बेनी–जोमसोम लगायत सडक आयोजना कार्यान्वयमा खेलेको भूमिकाले चुनावी माहौल बनाउन सहयोग पुग्ने माओवादीका नेताहरुको भनाई थियो ।

बैठकले सल्लाहकार चन्द्रबहादुर घिमिरेलाई कार्यालय ब्यवस्थापन, इञ्चार्ज पौडेल र प्रदेश सांसद केसीलाई जिल्ला स्तरमा समन्वय तथा सहजिकरणको जिम्मेवारी दिएको छ । अर्का सल्लाहकार कृष्ण थापाको नेतृत्वमा ५ सदस्यीय जिल्ला स्तरीय चुनावी घोषणापत्र लेखन समिति बनाएको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...