मंगलामा एमालेको प्रशिक्षण

Gandaki Ghumau

बेनी । नेकपा एमाले मंगला गाउँपालिका कमिटिको आयोजनामा सोमवार बाबियाचौरमा अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सचिवालय सदस्य हरिकृष्ण श्रेष्ठ, जिल्ला कमिटि उपाध्यक्ष बालकृष्ण सुवेदी र उपसचिव राजकुमार थापाले प्रशिक्षण दिनुभएको हो ।

श्रेष्ठले महाधिवेशनबाट पारित सिद्धान्त, कार्यक्रम तथा कार्यदिशाको बिषयमा, सुवेदीले संगठनको काम, भूमिका र जिम्मेवारीको बिषयमा र थापाले स्थानीय तह निर्वाचनको तयारीका बिषयमा प्रशिक्षण दिनुभएको पालिका कमिटि सचिव चिरञ्जीवि शर्माले जानकारी दिनुभयो ।

Shreekrishna
Gunasthariya Shiksya

एमालेको नेतृत्वमा स्थानीय सरकार संचालन भएको मंगलामा यो पाँच बर्षमा रहर लाग्दो विकास भएको भन्दै समृद्ध मंगलाको परिकल्पनालाई पूर्णता दिनका लागि एकपटक फेरी एमालेलाई जिताउन आवश्यक रहेको श्रेष्ठले बताउनुभयो ।

नेकपा एमाले मंगला गाउँपालिका कमिटिका अध्यक्ष सतप्रसाद रोकाले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरि पालिकाका टोल टोलमा पुगेर संगठन निर्माण तथा प्रशिक्षण कार्यक्रमलाई तिव्रताका साथ अगाडि बढाईएको बताउनुभयो ।

रोकाले गाउँटोलमा चुनावि सक्रियता बढाउनका लागि वडा कमिटि तथा टोल कमिटिहरुलाई अनुरोध समेत गर्नुभएको छ । कार्यक्रममा मंगला गाउँपालिकाका ५ वटै वडाका अगुवा नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको उपाध्यक्ष प्रेमा अधिकारीले बताउनुभयो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...