जनभेटघाट अभियान लिएर जलजलाको टोलमा माओवादी

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । नेकपा माओवादी केन्द्र जलजला गाउँपालिकाले पार्टी संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान लिएर टोल टोलमा पुगेको छ ।

पालिकामा समावेश साविक गाविसका वडा र बस्ती स्तरमा पार्टी र भातृ संगठनको संरचना बनाउनुका साथै समसामयिक परिस्थितिका विषयमा पार्टीको धारण जनता सामु लैजान अभियान तिब्र पारेको हो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

यसै क्रममा शनिबार जलजला ८ नाग्लीवाङको साविक वडा नम्बर १ खनियाघाटमा खड्कवहादुर वि.क. संयोजक र संगम श्रेष्ठ सहसंयोजक रहेको ५५ सदस्यीय टोल कमिटि गठन भएको माओवादी केन्द्र जलजलाका अध्यक्ष दिपक आचार्य (आकाश)ले जानकारी दिनुभयो ।

Shreekrishna

यसैगरी सर्मिला महतको नेतृत्वमा २१ सदस्यीय अनेमसंघ क्रान्तिकारी गठन भएको छ । सो कार्यक्रममा नेपाली काँग्रेस, एमाले लगायत पार्टीका २३ जना माओवादी केन्द्रमा प्रवेश गरेका अध्यक्ष आचार्यले वताउनुभयो ।

गगन महतको अध्यक्षता, किशोर रोकाको सञ्चालन र सरोज जिसीको स्वागतमा सम्पन्न कार्यक्रममा मनरुपा शर्मा, दिपक आचार्य, सोम जिसी, पुर्ण परियार, टुङ्ग सुनार, इन्द्र खड्का र सुर्य महतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...