म्याग्दीमा होलीको रौनक

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । म्याग्दीमा पनि बिहिबार हर्षौल्लासका साथ फागु पुर्णिमा पर्व एक आपसमा रंग दलेर, होली खेलेर मनाइएको छ ।

कोरोना महामारीका कारण विगत दुई वर्षसम्म होली पर्व मनाउन नपाएका आम नागरिकले यस वर्ष भने उत्साहपूर्वक यस चाड मनाएका छन् । जिल्ला सदरमुकाम बेनी, सिंगा तातोपानी, दरवाङ, भुरुङ तातोपानी, पोखरेबगर, बाबियाचौर लगायत बजार क्षेत्रका साथै गाउँ गाउँमा पनि सर्वसाधारणले होली मनाएका छन् ।

बेनीमा होली खेल्नका लागि युवायुवती, ज्येष्ठ नागरिक र बालबालिकाको उत्साहजनक सहभागिता थियो । उनीहरूले एक अर्कालाई विभिन्न रङ लगाएर आत्मीयता साटासाट गरी पर्व मनाएका छन् ।

Shreekrishna

बेनीमा थकाली सेवा समितिले फागु पुर्णिमा अथवा तोरन ल्ह पर्वको अवसरमा शुभकामना आदानप्रदान र तारो खेल आयोजना गरेको थियो । प्रतियोगिताको उद्घाटन गर्नुहुदै बेनी नगरपालिकाका प्रमुख हरिकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाले थकाली समुदायले मनाउने तोरन ल्ह पर्वले अग्रजको सम्मान र सम्झना गर्नुपर्ने सन्देश दिएको बताउनुभयो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

कार्यक्रममा थकाली सेवा समितिका केन्द्रिय सल्लाहकार गोपाल भट्टचन, केन्द्रिय सदस्य विमला गौचन, कृष्णकुमार शेरचन, नेपाल भाषा मंका खलका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, नेपाल मगर संघका रमेश फगामी लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । सो कार्यक्रममा बेनी नगरपालिका–४ तातोपानीका स्वर्गीय फटबहादुर शेरचनको नाममा उहाँका श्रीमति र छोराले थकाली सेवा समितिलाई रु. पचास हजार सहयोग गर्नुभयो ।

म्याग्दी जेसिजको आयोजनामा संगमचोकमा सामुहिक होली र सांस्कृतिक कार्यक्रम भएको थियो । सो कार्यक्रममा कलाकार अमित विश्वकर्मा, धु्रब जिसी, पदम विश्वकर्मा र मिलन विश्वकर्माले गित गाउनुभएको थियो । बजारवासीहरुले गितमा नाचेर रमाइलो गरेका थिए ।

नेपाल भाषा मंका खलले परम्परा अनुसार फागु पुर्णिमा पर्व मनाएका छन् । खलको टोलीले परम्परागत बाजा बजाउदै एक आपसमा रंग लगाउदै बजार परिक्रमा गरेका थिए । नेवार समुदायले बेनी भगवति मन्दिरमा पुगेर फागु पुर्णिमा मनाएका थिए ।

यसैगरी थकाली सेवा समिति दरवाङ क्षेत्रको आयोजनामा रातोढुङ्गामा शुभकामना आदानप्रदान र तारो खेल खेलिएको थियो । जेष्ठ जनप्रतिनिधी मालिका–४ का वडा अध्यक्ष दिलिपकुमार शेरचनको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थकाली सेवा समितिको दरबाङ क्षेत्रका अध्यक्ष बिनोद भट्टचनले बताउनुभयो । तोरन ल्हको अवसरमा फागुन ४ र ५ गते तारो खेल आयोजना गरिएको उहाँले बताउनुभयो ।

यसैगरी रघुगंगा, मंगला र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने टोड्केमा पनि फागु पुर्णिमा पर्वको अवसरमा विशेष कार्यक्रम भएको छ । टोड्के हिल रिसोर्ट तथा होमस्टे प्रा.ली.का सञ्चालक भिम शेरचनले आसपासका गाउँ र बेनीबाट होली खेल्न पाहुनाहरु टोड्के पुगेका बताउनुभयो ।

फागु पुर्णिमा पर्वमा होली खेल्ने क्रममा हुन सक्ने सम्भावित घटनालाई लक्षित गरेर सुरक्षा सतर्कता अपनाइएको थियो । सुरक्षाकर्मी परिचालन भएका थिए । सभ्य र सुरक्षित एवम् मर्यादित रुपमा होली मनाइएको छ । होली मनाउन रुइसे, घोडेपानी, पुनहिल, मोहरेडाडा, नारच्याङ झरनामा पर्यटक पुगेका थिए ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...