काँग्रेसको चुनावी अभियान

khali

बेनी । नेपाली काँग्रेस म्याग्दीले आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर ‘जनतासँग नेपाली काँग्रेस’ अभियान सुरू गरेको छ । जिल्लाका ६ वटै स्थानिय तहका प्रत्येक गाउँ वडा र टोलसम्म पुग्ने गरी आइतबारदेखि सुरू भएको एक महिने ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’ जागरण अभियानको पुर्व राज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य चम्पादेवी खड्काले उद्घाटन गर्नुभएको हो ।

उहाँले आन्तरिक निर्वाचनको रिस, कुण्ठाहरू त्यागेर सामुहिक रुपमै अभियानमा लाग्नुपर्ने बताउनुभयो । ‘एक महिने अभियानले पार्टीलाई बलियो बनाउँछ,‘अब एकजुट भएर निर्वाचन आफ्नो पक्षमा पार्ने समय हो’ खड्काले भन्नुभयो ‘केपी ओली नेतृत्वको सरकारका पालामा भएको अनियमितता र भ्रष्टचारको भण्डाफोर गर्नुपर्ने छ ।’

अघिल्लो ओली सरकारले दुईपटक सम्म प्रतिनिधिसभा विघटन गरी जनमतको अपमान गरेको बताउँदै कांग्रेसको सरकारले विकास निर्माणको कामको प्रचारप्रसार कम भएको बताउनुभयो ।

Shreekrishna hardwear in news
khali

एमालेकै कारण दुई तिहाईको सरकार ढलेकाले संविधानको रक्षाको गर्न पाँच बर्षको लागि प्रतिपक्षमा बसेको कांग्रेस सरकारको नेतृत्व सम्हाल्न बाध्य भएको बताउनुभयो । कांग्रेस म्याग्दीका जिल्ला सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले चुनावलाई लक्षित गरेर ७ फागुनदेखि नै जागरण अभियानको योजना बनाएको बताउनुभयो ।

‘हरेक गाउँ र टोलसम्म नेतृत्व पुग्नेछ, कार्यकर्तासँग अन्तरक्रिया गदैं समस्या बुझ्छौं र समाधानको बोटो खोज्नेछौं’ सभापति गर्बुजाले भन्नुभयो । कार्यक्रममा कांग्रेस म्याग्दीका पुर्व सभापति तथा संविधान सभा सदस्य रेशमबहादुर बानियाँ, उपसभापति तथा बेनी नगरपालिकाका मेयर हरिकुमार श्रेष्ठ, उपसभापति केबी भण्डारी, पुर्व सहसभापति नेत्रबहादुर महत, सचिव भरत रकाल, कोषाध्यक्ष अमृतमान शेरचन, सहसचिव श्रीराम पौडेल लगायतले मन्तब्य राख्नुभएको थियो ।

अभियानमा जिल्लाका सबै पालिकामा एक जनालाई जिम्मेवारी दिइएको छ । स्थानिय तहको निर्वाचनका लागि काँग्रेसले छुट्टै रणनीति तय गर्ने नेपाली कांग्रेसले जनाएको छ । टोलीले घरदैलो अभियानमार्फत जनताका अति आवश्यक समस्या तथा गुनासो लिएर समेत आउने र प्राथमिकतामा राखेर प्रदेश र संघीय सरकार मातहतका मन्त्रालयमार्फत समेत समस्या समाधानका लागि टोलीलाई जिम्मेबारी दिने जनाइएको छ ।

Malika RM Public notice
प्रतिक्रिया दिनुहोस
Loading...