दुई विद्यालयमा पुर्व शिक्षकको सम्झनामा सहयोग

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

गोपाल आचार्य


ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ मा रहेका दुई वटा विद्यालयमा दिवंगत पुर्व शिक्षकको सम्झनामा उहाँका परिवारले शुक्रबार रु. असी हजार छ सय सहयोग गर्नुभएको छ ।

ताकमका स्वर्गीय लक्ष्मीनिधी सुवेदीको परिवारले हेम मावी शिवाङमा रु. चालीस हजार पाँच सय र ताकम माविमा रु. चालीस हजार एक सयको अक्षयकोष स्थापना गर्नुभएको थियो ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

सुवेदीका श्रीमति दिलकुमारी र भगवति सुवेदीले वार्षिक पुण्य तिथि पारेर वडा अध्यक्ष कलानिधी शर्माको रोहबरमा हेम मावीका प्रअ शेरबहादुर केसी र ताकम माविका प्रअ ओमकार पौडेललाई रकम हस्तान्तरण गर्नुभएको थियो ।

सुवेदीले हेम मावीमा वि.स. २०१० मा जनहित प्रा.वि. हुँदा शिक्षकको रुपमा पढाउनुभएको थियो । यसैगरी हालको ताकम मावि प्रा.वि हुँदा २०१० को दशकमा सुवेदीले प्रअको जिम्मेवारी सम्हाल्नुभएको थियो । हेम माविमा गरिब, असाहय, अनाथ बालबालिकाको छात्रवृत्तिका लागि सहयोग गर्नुभएको हो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...