मंगलामा पाठेघर बिरामी पहिचान गर्न शिविर

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बाबियाचौर । म्याग्दीको मंगला गाउँपालिकाको स्वास्थ्य शाखाले पाठेघरको क्यान्सरका बिरामी पहिचान गर्न वडा तहमा घुम्ति शिविर सञ्चालन गरेको छ ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

वडा नम्बर १ को कुहुँ, ३ को बरंजा र ५ को अर्मन स्वास्थ्य चौकीमा पाठेघर मुखको स्किृनिङ शिविर सञ्चालन गरेको हो । कुहुँमा ४६, बरंजाका ५५ र अर्मनमा ७० जनाको स्वास्थ्य परिक्षण गर्दा ११ जना पाठेघरको क्यान्सरका बिरामी पहिचान भएका गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक लेखनाथ रोकाले जानकारी दिनुभयो ।

उहाँका अनुसार छुटेकाहरुलाई लक्षित गरेर वडा नम्बर २ मा पनि शिविर आयोजना गर्ने तयारी छ । शिविरमा निशूल्क स्वास्थ्य परिक्षण, परामर्श र औषधी वितरणका साथै समस्या देखिएकालाई शल्यक्रिया गर्न सुझाव दिइएको छ । अर्मन स्वास्थ्य चौकीका अनमी हिरा खरालको नेतृत्वमा शिविर सञ्चालन भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...