म्रिस्ट्रीखोला दोस्रो जलविद्युत आयोजना निर्माणको तयारी

Gandaki Kotihome

घारखोला । माउन्टेन इनर्जी नेपाल लिमिटेडले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा १२ मेगावाट क्षमताको म्रिस्ट्रीखोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ ।
अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा गत वर्ष ४२ मेगावाट क्षमताको म्रिस्ट्रखोला पहिलो जलविद्युत आयोजना बनाएको माउन्टेनले सोही आयोजनाको विद्युतगृहबाट निस्कने पानीबाट अर्को आयोजना बनाउने तयारी गरेको हो । सर्वेक्षण सकिएको आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदनका लागि आइतबार घारखोलामा सार्वजनिक सुनुवाई भएको छ ।

परामर्शदाता संस्था इन्भारोमेन्टल पार्टनर्स प्रा.लि.का शंकर बस्यालले म्रिस्ट्रीखोलाको विद्युतगृहबाट निस्कने पानीलाई पाइपलाइन र सुरुङ मार्फत घारखोला नजिकैमा निर्माण हुने भूमिगत विद्युतगृहमा खसालेर विद्युत उत्पादन गरिने बताउनुभयो ।

Upper Myagdi transmition line notice

“म्रिस्ट्रीखोलाको पावरहाउसबाट निस्कनेमा घट्टेखोलाको पानी मिसाएर अर्को आयोजना बनाउन प्रस्ताव गरिएको छ,” उहाँले भन्नुभयो “भूमिगत बिद्युतगृह बनाउन लागिएको छ ।” म्रिस्ट्रीखोलाको विद्युतगृहदेखि पाउद्धार तातोपानी कुण्ड भन्दा तलसम्म एक किलोमिटर हेडरेस कल्भर्ट र त्यहाँबाट विद्युगृहसम्म २१२.०४ मिटर हेडरेस सुरुङ्ग, ५१२ मिटर प्रेसर सुरुङ, ४६१ मिटर पहुँचमार्ग सुरुङ, ९०१ मिटर टेलरेस सुरुङ बनाउन प्रस्ताव गरिएको बस्यालले बताउनुभयो ।

Annapurna aarohan ko notice

पहाडभित्र भूमिगत विद्युतगृह बनाइने आयोजनाबाट वार्षिक ६६.४३ गिवावाट क्षमताको विद्युत उत्पादन हुने अनुमान गरिएको छ । कुल रु. दुई अरब १४ करोड ८३ लाख लागत अनुमान गरिएको आयोजना निर्माण अवधी तीन वर्षको हुनेछ् । लागतका हिसाबले यो आयोजना सस्तो हुने प्रर्वद्धकको भनाई छ ।

अन्नपूर्ण गाउँपालिकाको ४, ५, ३ र २ नम्बर वडा आयोजनाबाट प्रभावित हुनेछन् । मुख्य संरचना वडा नम्बर ४ र ५ मा निर्माण हुने भएको छ । पाउद्धार तातोपानी कुण्ड संरक्षणका लागि रु. २५ लाख सहित आयोजना निर्माणका क्रममा हुने वातावरणीय असर न्युनीकरणका लागि रु.७८ लाख बिनियोजन भएको सार्वजनिक सुनुवाईमा जानकारी गराइएको थियो ।

कार्यक्रममा नारच्याङका वडा अध्यक्ष चन्द्रप्रकाश फगामी, शिखका वडा अध्यक्ष राजेश तिलिजा, पाउद्धारका भिम तिलिजा, नारच्याङका रुमलाल पुन, तेज गुरुङ लगायतले पाउद्धार तातोपानी कुण्डको मुहानमा असर नपुग्ने सुनिश्चित गरेर मात्र आयोजना निर्माण प्रक्रिया थाल्न सुझाव दिनुभयो ।

गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले प्रभावित क्षेत्रमा सम्भावित असर न्युनीकरण र स्थानीयको भावना अनुसार समन्वय गरेर आयोजना कार्यान्वयन गर्नुपर्ने बताउनुभयो । आयोजनाका प्रतिनिधी राजेन्द्र शर्माले तातोपानी कुण्डलाई असर नहोस भनेर सुरुङको विकल्प खोजिएको बताउनुभयो । कालीगण्डकी किनार नजिकैबाट घट्टखोलाको पानी पनि म्रिस्ट्रीखोला–२ को सुरुङमा मिसाइने भएकाले नारच्याङको सिचाई तथा खानेपानीमा असर नपुग्ने उहाँले बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...