पर्वत बेनी खानेपानीको साधारणसभा

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । जलजला गाउँपालिका स्थित पर्वत बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको चौथो साधारणसभा शनिबा सम्पन्न भएको छ ।

बि.स. २०७० सालमा स्थापना भएको संस्थाले पर्वतको जलजला गाउँपालिकाको २, ३ र ४ नम्बर वडाका ६६४ घरधुरीका सात हजार जनसंख्यालाई खानेपानी बितरण र ब्यवस्थापन गर्दै आएको छ ।

साधारणसभामा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्णले) खानेपानी वितरणलाई थप ब्यवस्थित र दिगोपनामा ध्यान दिन सुझाव दिनुभयो । संस्थाका अध्यक्ष लोकनाथ रेग्मीले संस्थागत, सचिव शिवबहादुर कार्कीले प्रगति र कोषाध्यक्ष सम्मरबहादुर थापाले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

जलजला–३ का वडा अध्यक्ष देबेन्द्रबहादुर भण्डारी (रबी), बेनी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका सचिव राजेन्द्रकुमार श्रेष्ठ, उपभोक्ता सूर्यबहादुर कार्कीले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

दुई वर्षअघि करिब १२ करोड ४३ लाख रुपैयाँको लागतमा सम्पन्न भएको योजनाको पर्वत बेनीको आटारीमा ४ लाख लिटर क्षमताको ट्याङ्कीबाट २४सै घण्टा पानी वितरणको व्यवस्था मिलाएको छ ।

चैत, वैशाखमा खानेपानीको समस्या नहोस् भनेर कालीगण्डकी नदीबाट पम्पिङ गर्ने गरिएको छ । संस्थाका अध्यक्ष रेग्मीको अध्यक्षता, उपाध्यक्ष रेणुदेवी मल्लको स्वागत र सचिव कार्कीको सञ्चालनमा सम्पन्न भएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...