सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रिया

Gandaki Kotihome

बेनी । बेनीमा बुधबार सार्वजनिक खरिद सम्बन्धी अन्तरक्रीया कार्यक्रम सम्पन्न भएको छ ।

कोष तथा लेखा नियन्त्रकको कार्यालयको समन्वयमा सार्वजनिक खरिद अनुगमन कार्यालयले आयोजना गरेको कार्यक्रममा जनप्रतिनिधी, कार्यालय प्रमुख, प्राबिधिक, लेखा शाखाका कर्मचारी र निर्माण ब्यवसायीहरुको सहभागिता थियो ।

सार्वजनिक खरिद कार्यलाई तोकिएको समयमा गुणस्तरीय, पारदर्शी र उपलब्धीमुलक बनाउने बिषयमा छलफल भएको थियो । कार्यक्रममा सार्वजनिक खरिद कार्यालयका सचिब सहसचिब कुमार घिमिरेले बिकास निर्माण र खरिद कार्यलाई प्रभावकारी तथा पारदर्शी बनाउन सार्वजनिक खरिदलाई बिकृति रहित बनाउनुपर्ने बताउनुभयो ।

Upper Myagdi transmition line notice

“खरिद कार्यमा निजी क्षेत्र र सरकारी निकायको बराबरी जिम्मेवारी तथा भूमिका हुन्छ,” उहाँले भन्नुभयो “जस अपजसमा ठेकेदार मात्र होइन् योजना ब्यवस्थापक पनि उत्तिकै जवाफदेही हुनुपर्छ ।”

Annapurna aarohan ko notice

कार्यालयका निर्देशक सुवासकुमार शिवाकोटीले खरिद ऐनलाई दोष लगाउनु भन्दा आफू जिम्मेवार बन्न आग्रह गर्नुभयो । खरिद ऐनप्रति बुझाइमा एकरुपता कायम गर्न र कार्यान्वयमा देखिएका सवाललाई नीतिगत सुधारको पहल गरिएको निर्देशक शिवाकोटीले बताउनुभयो ।

उहाँले खरिद प्रक्रीया र ब्यवस्थापनको बर्तमान अवस्था, सुधारका प्रयास र कार्यान्वयमा रहेका सवालको बिषयमा सहजिकरण गर्नुभयो । कोष तथा लेखा नियन्त्रकको कार्यालय म्याग्दीका प्रमुख युक्तप्रसाद शर्माले म्याग्दीमा खरिद कार्यलाई इबिड मार्फत हुने गरेको जानकारी दिनुभयो ।

दक्ष जनशक्तिको कमी, सामान खरिदका लागि लागत अनुमान तयार पार्ने बिषयमा अन्यौलता रहेको बताउनुभयो । म्याग्दीका कार्यालयमा खरिद इकाई गठन भएपनि प्रभावकारी नदेखिएको कोलेनिका प्रमुख शर्माको भनाई थियो ।

कार्यालय र लेखा प्रमुखको पहलमा खरिद हुने गरेकाले खरिद इकाईलाई सक्रीय बनाउन उहाँले सुझाव दिनुभयो । कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुन, रघुगंगा गाउँपालिकाका अध्यक्ष भबबहादुर भण्डारी, प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी राना, धवलागिरीका उपाध्यक्ष रेशम छन्त्याल, रघुगंगाका उपाध्यक्ष कमला तिलिजा लगायतको उपस्थिति थियो । सहभागी कार्यालय प्रमुख तथा प्राबिधिकहरुले प्राबिधिक समस्या आउँदा सार्वजनिक खरिद कार्यालयले समयमै निर्णय र उपयुक्त राय सुझाव दिनुपर्ने बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...