३५ बिद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीका ३५ वटा बिद्यालयमा भवन निर्माण र सूचना प्रबिधिका उपकरण जडानका लागि चालु आर्थिक बर्षमा रु. छ करोड ३१ लाख बिनियोजन भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्रालयले दश वटा चार कोठे, १३ वटा दुई कोठे भवन र १४ बिद्यालयमा सूचना प्रबिधि कक्ष स्थापना गर्न सो बजेट बिनियोजन गरेको हो ।

जिल्ला शिक्षा बिकास तथा समन्वय इकाई म्याग्दीका प्रमुख दलबहादुर थापाले सुचना प्रबिधिको कार्यक्रमका लागि रु. छ लाख पचास हजार, दुई कोठे भवन निर्माणका लागि रु. १८ लाख र चार कोठे भवन बनाउन रु. ३६ लाखका दरले बजेट बिनियोजन भएको हो ।

Shreekrishna

“मन्त्रालयले जारी गरेको सूचना अनुसार पेश भएका मध्य छनौट भएका बिद्यालयले प्रस्ताव अनुसार बजेट पाउनेछन्,” उहाँले भन्नुभयो “सम्बन्धित स्थानीय तह मार्फत कार्यक्रम कार्यान्वयन हुने कार्यबिधी छ ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

चार कोठे भवन निर्माणका लागि रु. ३६ लाखका दरले अनुदान पाउने बिद्यालयमा जनजागृति माबि, जनबिकास माबि, अमरज्योति माबि, धौलागिरी आधारभूत, भुवानी आधारभूत, शिद्धशान्ति माबि, सारदा आभारभूत, हंशबाहिनी आधारभूत र भानु माबि रहेका छन् ।

यसैगरी बेनपा–५ को सरस्वती आधारभूत, नवज्योति आधारभूत, थाकनपोखरी, बेनपा–२ को सरस्वती आधारभूत, जडभरत शालग्राम गण्डकी संस्कृति माबि, बिष्णु राष्ट्रिय माबि, नारच्याङ आधारभूत, पार्वति आधारभूत, सिद्धार्थ ज्ञानमन्दिर आधारभूत, ओखरबोट माबि, राम्चे र महेन्द्र आधारभूत बिद्यालय छन् ।

ताकम माबि, बुद्धिबिकास माबि, जनप्रिय माबि, गौबमबस्त माबि, मालिका आधारभुत, सद्धार्थ माबि, रघुगंगा माबि, जनता माबि, हिमाञ्जल माबि, कैलाश माबि, त्रिभुवन मंगला माबि, जयन्ति माबि, राष्ट्रिय माबि र दिपक माबिले सूचना प्रबिधि सम्बन्धी कार्यक्रम अन्तरगत कम्प्युटर प्रयोगशाला, इन्टरनेट जडान लगायतका कार्यका लागि रु. छ लाख पचास हजारका दरले अनुदान पाउने भएका छन् ।

स्थानीय तहहरुले छनौट भएका बिद्यालयमा उपभोक्ता समिति गठन गरेर उनिहरुसँग सम्झौता गरी योजना तथा कार्यक्रम कार्यान्वयन गर्नेछन् ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...