स्टेशनरी ब्यवसायीको बालगृहलाई सहयोग

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । बेनीको म्याग्दी बालगृहका बालबालिकालाई आइतबार नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ म्याग्दीले शैक्षिक सामग्री सहयोग गरेका छन् ।

नवौ पुस्तक दिवस तथा सरस्वति पुजाको अवसरमा महासंघले नेपाल बाल संगठनद्धारा सञ्चालित बालगृहमा रहेका ११ जना बालबालिकाहरुलाई रु. २५ हजार बराबरको कापी, कलम र ज्ञानर्बद्धक पुस्तक बितरण गरेका हुन् ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना
Shreekrishna

महासंघका गण्डकी प्रदेश अध्यक्ष लीलाराम गौतम, जिल्ला अध्यक्ष नवराज पौडेल, पुर्व अध्यक्ष ठाकुरप्रसाद शर्मा लगायतको टोलीले नेपाल बाल संगठन म्याग्दीका सचिब सन्दिप खत्रीलाई सामग्री हस्तान्तरण गर्नुभएको थियो ।

बालगृहका बालबालिकाहरुको पठनपाठनमा सहयोग पुगोस भन्ने उद्देश्यले ब्यवसायीहरुबाट स्वच्छिक रुपमा संकलन गरेर शैक्षिक सामग्री सहयोग गरिएको महासंघका अध्यक्ष पौडेलले बताउनुभयो । कार्यक्रमको सञ्चालन महासंघका जिल्ला सचिब नारायण शर्माले बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...