पखेर जोड्ने निर्माणाधिन मोटरेबल पुल भासिन थाल्यो

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

तातोपानी, बेनी नगरपालिका–४ र मंगला गाउँपालिका–३ को सिमानामा पर्ने पखेर स्थित म्याग्दी नदीमा निर्माणाधिन पक्कि मोटरेबल पुल भासिन थालेको छ ।

११७ मिटर लामो र ११ मिटर चौडाई भएको पुलको पखेर तर्फको ३५ मिटर लामो स्पाम –भाग) यही माघ १८ गते मंगलबार ढलान भएको थियो । अन्य दुई वटा स्पामको ढलान ठिक भएपनि पछिल्लो पटक ढलान भएको स्पामको मध्य भागको दायाँ र बायाँतर्फ सतह भन्दा दुई इञ्च भन्दा बढी भासिएको पखेरका बासिन्दा धनबहादुर थापाले बताउनुभयो ।

“ढलानको भार थाम्न नसकेर टेको लगाइएका फार्मा जमिनमा गाडिएपछि पुल भासिन थालेको हो,” उहाँले भन्नुभयो “सटिङ गर्दा टेकाहरु राख्ने क्रममा भएको लापरबाहीले ढलान दबेर भासिन थालेको छ ।”

Shreekrishna

बालुवा र सिमेन्ट घोलेर गहिरो देखिएको ठाउँमा हाल्ने क्रममा बुधबार स्थानीयबासीले रोकेका थिए । पुलको बिच भाग उठेको र छेउतर्फ गहिरो, खाडल परेको र भासिएर बाङ्गो देखिन थालेपछि गुणस्तर र दिगोपनामा शंका र प्रश्न उठेको बेनी नगरपालिका–४ तातोपानीका बिरेन्द्रमान शाक्यले बताउनुभयो ।

“भबिष्यमा पुलको उपभोगका क्रममा जोखिम, गुणस्तर र दिगोपनामा असर पर्ने नपर्ने बिषयमा प्राबिधिक अनुसन्धानका लागि सडक डिभिजन, जिल्ला प्रशासन र नगरपालिकामा अनुरोध गरेका छौ,” उहाँले भन्नुभयो “पुल बनेर मात्र भएन सुरक्षित रुपमा उपयोगयोग्य र गुणस्तरीय हुनुपर्छ भन्ने हाम्रो माग हो ।”

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

निर्माण कम्पनीका इञ्जिनियर गोपालकुमार शाहले फुटपाथको भाग दबेर कुनै असर नपर्ने दाबी गर्दै अर्को ढलान गर्दा सतह मिलाउने बताउनुभयो । “ढलान गर्दागर्दै दबेको हुनाले त्यही अनुसार सेट हुन्छ,” उहाँले भन्नुभयो “फुटपाथ बनाउने क्रममा सतह मिलाउन सकिन्छ । गाडी गुड्ने भाग केही भएको छैन् ।”

ढलानका क्रममा उपस्थित भएका सडक डिभिजन कार्यालय बागलुङका प्राबिधिक तोपबहादुर थापाले पनि यो सामान्य बिषय भएको प्रतिक्रिया हुनुभयो । फुटपाथमा थप सात सेन्टिमिटर बाक्लो ढलान गर्ने क्रममा सतह मिलाउन सकिने उहाँको भनाई छ । सडक डिभिजनका इञ्जिनियर सहितको टोली बिहिबार पुलको निरिक्षणमा आएका थिए ।

मंगला गाउँपालिकाको ३, ४ र ५ नम्बर वडालाई सडक सञ्जालसँग जोड्न सडक डिभिजन कार्यालय बागलुङले पखेरका साथै बाबियाचौरको माटेबगर र पोक जोड्ने म्याग्दी नदी माथि ८० मिटर लामो पुल बनाउन बि.स. २०७५ पुषमा लुम्बिनी–प्राकृतिक जेभीसँग रु. २२ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

२०७७ पुष २५ मा सम्पन्न गर्ने लक्ष्य भएपनि ठेकेदारले पर्याप्त मात्रामा उपकरण, मजदुर परिचालन गर्न, निर्माण सामग्री जुटाउन नसक्नु, कोरोना भाइरसको महामारी र बाढीका कारण ढिलाई भएको छ ।

११ मिटर चौडाई भएको माटेबगर–अर्मन जोड्ने अर्को पुलको ४० मिटरको एउटा स्पाममा ढलान सकेको ठेकेदारले अर्मनतर्फको फिल्लर ठडाएर ढलानको तयारी गरेको छ । फापरखेत–पखेर जोड्ने पुलका चार वटै पिल्लर निर्माण र ढलान सकिएपनि दायाँबायाँ पहुचमार्ग बनाउन बाँकी छ ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...