प्रेस सेन्टरको स्थापना दिबसको अवसरमा बालगृहमा शैक्षिक सामग्री बितरण

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । प्रेस सेन्टर नेपालको १८ औ स्थापना दिवसको अवसरमा शनिबार बेनीको बालगृहमा शैक्षिक सामग्री बितरण गरिएको छ ।

प्रेस सेन्टर म्याग्दी शाखाले नेपाल बाल संगठनद्धारा बेनीमा सञ्चालित बालगृहमा आश्रित बालबालिकाहरुको पठनपाठनमा सहयोग गर्ने उद्देश्यले छ÷छ दर्जन कापी कलम उपलब्ध गराएको हो । संगठनका सचिब सन्दिप खत्रीलाई ११ जना बालबालिकाहरुका लागि शैक्षिक सामग्री उपलब्ध गराइएको प्रेस सेन्टर म्याग्दीका सचिब धिरन खत्रीले जानकारी दिनुभयो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशका प्रमुख सचिब सन्तोष गौतमको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रेस चौतारी म्याग्दीका अध्यक्ष प्रताप बानिया, प्रेस युनियनका सचिब साधन राम्जाली र पत्रकार ठाकुरप्रसाद आचार्यको उपस्थिति थियो ।

Shreekrishna

कोरोना जोखिमका कारण प्रतिनिधीमुलक उपस्थितिमा स्थापना दिवस मनाएको सचिब खत्रीले बताउनुभयो । प्रमुख सचिब गौतमले समावेशीकरण, श्रमजिबी पत्रकार ऐन, स्वरोजगारमुलक मिडियाको प्रर्वद्धन, प्रेस स्वतन्त्रताको एजेण्डाको ब्यवहारिक कार्यान्वयनमा पेशागत संगठनहरुबीच सहकार्यको आवश्यकता रहेको बताउनुभयो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...