बेनी–तातोपानी सडक कालोपत्रेको तयारी

Gandaki Kotihome

बेनी । म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनी देखि तातोपानी खण्ड कालोपत्रे गर्ने तयारी भएको छ । आठ किलोमिटर दुरिको सडक बिस्तार, नाली र पर्खाल निर्माणको काम सकेर कालोपत्रे गर्न सब बेस र बेस राख्ने काम भैरहेको छ ।

११ मिटर फराकिलो सडकको सात मिटरमा डिबिएसडी प्रबिधीको कालोपत्रे गर्न लागिएको हो । ठेकेदार कम्पनी लामा–समानान्तरका आयोजना ब्यवस्थापक राकेश सदाले बेनी देखि तातोपानी खण्डको अधिकांश भाग कालोपत्रे गर्न तयार बनाएको बताउनुभयो ।

‘बिस्तार, पर्खाल र नालीको काम सकिएको ठाउँमा बेस बिछ्याएका छौ,’ उहाँले भन्नुभयो ‘तातोपानी देखि सिम खण्डमा बिस्तारको काम भैरहेको छ । गर्मी बढेर तापक्रम अनुकुल भएपछि पिच शुरु गर्छौ ।’

Upper Myagdi transmition line notice

बि.स २०७४ असोज ४ गते ४५ करोड रुपैयाँमा १२ किलोमिटर ५०० मिटर सडक २०७६ माघ ४ गते निर्माण सम्पन्न गर्न लक्ष्य सहित ठेक्का सम्झौता भएको थियो । सडक निर्माणमा ढिलाई गरेको भन्दै लामा निर्माण कम्पनीका सञ्चालक प्रतिनिधीसभा सदस्य जिपछिरिङ लामाको तस्बिर सडकमा झुण्डाएर बिरोध गरेका थिए ।

बि.स. २०७५ मा यो सडक योजना सडक डिभिजन कार्यालयबाट पुर्बाधार बिकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको थियो । कार्यालयका इञ्जिनियर सडक सञ्जय सुबेदीले पछिल्लो समय निर्माणले तिब्रता पाएको बताउनुभयो ।

Annapurna aarohan ko notice

उनका अनुसार यो सडकको ठेक्काको म्याद आगामी चैत महिनासम्म मात्र भएकाले पनि निर्माण कम्पनीलाई दवाव परेको छ । चोथौ पटक म्याद थप भएको यो आयोजनाका ठेकेदारले पर्याप्त मजदुर र उपकरण परिचालन तथा सामाग्री जुटाउन नसक्दा ढिलाई भएको हो ।

म्याग्दीको ‘लाईफ लाइन’ मानिने २०६३ मा मार्ग खुलेको २४ किलोमिटर दुरिको बेनी–दरवाङ सडक बर्खामा बाढी र पहिरोले दैनिकजसो अवरुद्ध र हिउँदमा धुलाम्मे हुन्छ । म्याग्दीको मंगला, मालिका र धवलागिरी गाउँपालिकालाई सदरमुकाम बेनीसँग जोड्ने एकमात्र बेनी–दरवाङ सडक बाग्लुङको तमानखोला गाउँपालिकाका बासिन्दाले पनि प्रयोग गर्छन् ।

योजनाको दोस्रो चरणमा लाम्पाटा देखि दरवाङ सम्म ८ किलोमिटर खण्ड सडक कालोपत्रे गर्न २२ करोड ५७ लाख ९३२ रुपैयाँमा २०७६ जेठ ३१ गते बिरुवा–क्याराभान जेभीले ठेक्का लिएको थियो । पचास प्रतिशत भौतिक प्रगति भएको लाम्पाटा–दरबाङ खण्डका ठेकेदार नौ महिनापछि गत पुष महिनादेखि फर्किएका छन् ।

नाली, पर्खाल निर्माण र बिस्तार गरेर कालोपत्रे गर्न ६५ जना मजदुर, दुई वटा एक्साभेटर र दुई वटा टिप्पर परिचालन गरेको सहायक ठेकेदार हिमालयन बिल्डर्सका सञ्चालक निरज भण्डारीले बताउनुभयो । मजदुर र उपकरण थप गर्ने उहाँले बताउनुभयो ।

बेनी–दरबाङ अन्तरगतनै तेस्रो चरणमा सिम–देखि लाम्पाटा खण्डको चार किलोमिटर सडक कालोपत्रे गर्न पुष १८ गते ओमबुद्ध निर्माण सेवा बसुन्धराले १० करोड ७० लाख २१ हजार रुपैयामा ठेक्का सम्झौता गरेको पुर्बाधार बिकास कार्यालयका प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

ठेक्का प्रतिस्पर्धामा ओमबुद्धले अनुमान गरिएको भन्दा ४३ प्रतिशत घटेर कबोलेको थियो । १० वटा कम्पनीले प्रतिस्पर्धामा भाग लिएका थिए । ठेक्का सम्झौताको म्याद १८ महिनाको हो । सडकलाई आठ मिटर फराकिलो बनाएर, सात मिटर चौडाइमा डिबिएसडी कालोपत्रे, नाली र पर्खाल निर्माण गर्न लागिएको हो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...