के कारणले चार बर्षमा पनि पुरा भएन् रत्नेचौर बेनी सडक ?

Shreekrishna hardware

सन्तोष गौतम

बेनी, म्याग्दीको बेनी नगरपालिका–१ मा तीन किलोमिटर आठ सय मिटर सडक निर्माण गर्ने योजना चार बर्षमा पनि पुरा भएको छैन् ।

बागलुङ–बेनी सडकको बेनपा–१ रत्नेचौरको भुवाने देखि हुलाकेडाडा खबरा सम्मको सडक बिस्तार र कालोपत्रे गर्न सडक डिभिजन कार्यालय बागलुङले बि.स. २०७४ साउनमा नागार्जुन देब एण्ड सायर बिएन जेभीसँग रु. तेह् करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

Shreekrishna

बि.स. २०७५ मा प्रदेश सरकार अन्तरगतको पुर्बाधार बिकास कार्यालय म्याग्दीमा हस्तान्तरण भएको यो सडक निर्माण बि.स. २०७६ मा सक्ने लक्ष्य थियो । ९० प्रतिशत भौतिक प्रगति भएको सडक निर्माणको काम दुई बर्षदेखि रोकिएको छ । निर्माण नसकिदै पहिलो चरणमा भएको कालोपत्रे उप्किएर खाल्डाखुल्डी परेको, पर्खाल भत्किएको र नाली पुरिएको छ ।

म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बैकल्पिक सडक निर्माण नसकिदै जिर्ण र जोखिमयुक्त बनेको यातायात ब्यवसायी लालबहादुर थापाले बताउनुभयो । “पिच उप्किएर खाल्डैखाल्डा परेको छ,” उहाँले भन्नुभयो “जिर्ण र कच्चि सडकमा दुर्घटनाको जोखिम बढेको छ ।”

बि.स. २०७६ मा रत्नेचौर बेनी सडकको हुलाके क्षेत्रमा कालोपत्रेको तयारी गरिदै । फाइल तस्बिर धौलागिरी खबर

बि.स. २०७६ माघमा सात देखि दश मिटर फराकिलो बनाएर बिस्तार भएको सडकमा पहिलो चरणको डिबिएसडी प्रबिधीको कालोपत्रे बिछ्याइएको थियो । कोरोना (भाइरस)को महामारी फैलिएपछि सोही सालको चैतमा गर्ने भनिएको दोस्रो चरणको कालोपत्रे हुन सकेन् ।
बर्खामा पहिरोले तीन ठाउँमा सडक भासियो । धेरै ठाउँमा नाली पुरियो । कालोपत्रे पनि उप्किएको छ । पहिरो पन्छाउने, मर्मत र दोस्रो चरणको कालोपत्रे गर्न बाँकी छ । अधुरो कामलाई पुर्णता दिन ताकेता गरेपनि निर्माण ब्यवसायीले अटेरी गरेका पुर्बाधार बिकास कार्यालयका निमित्त प्रमुख सन्तोष अर्यालले बताउनुभयो ।

Ban devision notice

“पटक–पटक मौखिक र पत्र मार्फत सडक निर्माणलाई पुर्णता दिन ताकेता गरेका छौ,” उहाँले भन्नुभयो “चैत महिनासम्म म्याद छ । अहिलेसम्म काम शुरु भएको छैन् ।” बेनी हुदै बागलुङ आवत जावत गर्न सास्ती भएको यात्रु शिव शर्माले बताउनुभयो । हिउँदमा हिलाम्मे र बर्खामा हिलाम्मे हुने गरेको उहाँले गुनासो गर्नुभयो ।

निर्माण कम्पनीका प्रतिनिधी नारायण जिसीले भने पहिरोले क्षति पुगेपछि थप गर्नुपर्ने कामको डिजाइनको भेरियसन अर्डर स्विकृत नभएकाले ढिलाई भएको बताउनुभयो । “नियमित यातायात सञ्चालनका लागि डोजर परिचालन गरेर मर्मत गरेको छु,” उहाँले भन्नुभयो “पहिरोको क्षतिका कारण थप गर्नुपर्ने अतिरिक्त कामको भेरियसन अर्डर स्विकृत नहुँदा ढिलाई भएको हो ।”

भौतिक पुर्बाधार मन्त्रालयको महानिर्देशकले भेरियसन अर्डरको प्रस्ताव स्विकृत गरिदिए चैत मसान्तसम्म थपिएको समयभित्र बाँकी दश प्रतिशत काम सकेर हस्तान्तरण गर्ने निर्माण ब्यवसायी संघ म्याग्दीका अध्यक्ष समेत रहेका जिसीले बताउनुभयो ।

भारवाङ घाटको मोटरेबल पुलको हालत पनि उस्तै

यसैगरी देब एण्ड सायर बिएन जेभीलेनै ठेक्का लिएको धवलागिरी र मालिका गाउँपालिकाको सिमाना स्थित भारवाङको म्याग्दी खोलामाथि निर्माणाधिन मोटरेबल पुल पनि अलपत्र परेको छ ।

गत बैशाखमा दुईतर्फ पिल्लर ठडिएको पुलको त्यसयता बाँकी काम नहुँदा अलपत्र परेको छ । चैतमा सकिनुपर्ने पुलको मुख्य ढलान गर्ने काम बाँकी छ । नदीमा पानीको सतह घटेको अनुकुल समयमा पनि ब्यवसायीले काम शुरु गरेका छैनन् ।

४० मिटर लामो पुल निर्माण गर्न बि.स. २०७६ असारमा देव एण्ड सायर बिएन जेभीले रु. छ करोड २४ लाख रुपैयाँमा ठेक्का लिएको थियो । भारबाङमा पक्कि पुल निर्माण नहुँदा म्याग्दी खोलामा जोखिम मोलेर सवारी साधन आवत जावत गराउनुपरेको सवारी चालक राम्जी थापाले बताउनुभयो ।

भारवाङ घाटमा अलपत्र परेको निर्माणाधिन मोटरेबल पुल । तस्बिर धौलागिरी खबर
Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...