महभिर र नौनीबगरमा बेनी–जोमसोम सडक दैनिक छ घण्टा बन्द हुने

Gandaki Ghumau

बेनी । बेनी–जोमसोम सडकको म्याग्दी खण्ड स्तरोन्नतिका लागि दैनिक छ घण्टा बन्द हुने भएको छ ।

जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बिहिबार बसेको बैठकले राष्ट्रिय गौरबको उत्तर÷दक्षिण जोड्ने कालीगण्डकी कोरिडोर, बेनी–जोमसोम–कोरला सडक आयोजना अन्तरगत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ महभिर र वडा नम्बर २ नौनीबगर खण्डमा सडक स्तरोन्नति गर्न समयतालिका लागू गर्ने निर्णय गरेको हो ।

आयोजना प्रमुख जगत प्रजापतिले २०७८ माघ १० गतेदेखि २१ गतेसम्म बिहान ८ देखि ११ बजे र दिउँसो १ बजेदेखि ४ बजेसम्म सडकमा यातायात आवत जावत बन्द गरेर बिस्तार र निर्माणको काम गर्न समयतालिका बनाएको जानकारी दिनुभयो ।

Shreekrishna

“महभिर खण्डमा चट्टान काट्नुपर्ने र नौनीबगर खण्डमा बिस्तार एवम् स्तरोन्नति गर्नका लागि समय तालिका बनाएका हौ,” उहाँले भन्नुभयो “दुर्घटनाको जोखिम न्युनीकरण र निर्माणको कामलाई ब्यवस्थित तथा तिब्र बनाउन यातायात सञ्चालनको समयतालिका बनाउनुपरेको हो ।”

Gunasthariya Shiksya

बि.स. २०७४ मा शुरु भएको चिनको स्वशासित क्षेत्र कोरला नाका जोड्ने २०० किलोमिटर दुरिको बेनी–जोमसोम–कोरला सडक आयोजनाको १२ वटा खण्डमा निर्माण भइरहेको छ । हालसम्म मुस्ताङको छ वटा खण्ड निर्माण सकिएको आयोजनाको भौतिक प्रगति ६५ प्रतिशत छ ।

महभिर र नौनीबगर खण्डमा ११ मिटर सडक बनाएर कालोपत्रे गर्न शर्मा–युनाइटेड जेभीले ठेक्का लिएको थियो । मजदुर र एक्साभेटर लगायत उपकरण परिचालन गरेर सडक निर्माण र स्तरोन्नतिलाई तिब्रता दिएको कम्पनीका प्रतिनिधीले बताएका छन् ।

१९ किलोमिटर दुरीको म्याग्दीको गलेश्वर–नारच्याङ पुल खण्डको गलेश्वर र राहुघाट देखि बेगखोला सम्मको छ किलोमिटर सडकमा गत जेठमा डिबिएसडी प्रबिधिको कालोपत्रे शुरु भएको थियो ।

बेगखोला देखि नारच्याङ पुल खण्डको अधिकांश भागमा पनि बिस्तार, पर्खाल र नाली निर्माणको काम सकिएको छ । आगामी चैत महिनाभित्र कालोपत्रे गर्ने तयारी सहित कतिपय ठाउँमा सब बेस राखिएको छ ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...