शिक्षक संघ रघुगंगामा गुन पुन

Shreekrishna hardware

धनिलाल गर्बुजा
गलेश्वर । नेपाल शिक्षक संघ रघुगंगा गाउँपालिकाको घ्याँसीखर्कमा सम्पन्न दोस्रो अधिबेशनबाट गुन पुन (गुञ्जन)को अध्यक्षतामा कार्यसमिति चयन भएको छ ।

कार्यसमितिको उपाध्यक्षमा खिमबहादुर छन्त्याल, महिला उपाध्यक्षमा रमा पौडेल, सचिवमा बिष्णु रेग्मी, सचिव अर्थमा गिता फगामी, सहसचिवमा प्रेमबहादुर थापा, सह–सचिव महिलामा सन्तुकुमारी पुन, सह–सचिव अर्थमा दिलिप थापा, सह–सचिव समावेशीमा दिलकुमारी थजाली, सह–सचिव समावेशीमा देवराज गर्बुजा र सह–सचिव अर्थ महिलामा पोमाया पुन चयन हुनुभएको छ ।

सदस्यहरुमा शुसिला शेरपुञ्जा, हिरा छन्त्याल, ललिता विक, जमुनादेबी शर्मा, खिमकुमारी शर्मा, सविना थापा, लबकुश थापा, दालिमा पुर्जा, नौली थजाली, थानमाया गर्बुजा, तारा गर्बुजा, लोकेन्द्र्रबहादुर खड्का, साधनाकुमारी मल्ल, खड्क गर्बुजा र निर्मला खड्का चयन हुनुभएको छ ।

Shreekrishna
म्याग्दी बहुमुखी क्याम्पसको सूचना

अधिवेशनको उद्घाटन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’ले सामाजिक परिवर्तनमा शिक्षकहरुको महत्वपुर्ण योगदान भएको बताउनुभयो । कार्यक्रममा उपसभापति तथा बेनी नगर पालिकाका मेयर हरिकुमार श्रेष्ठ, अर्का उपसभापति केबी भण्डारी, नेपाल शिक्षक संघ गण्डकी प्रदेश वरिष्ठ उपाध्यक्ष केशवप्रसाद रेग्मी र शिक्षक संघ म्याग्दीका अध्यक्ष नगेन्द्र केसीले मन्तब्य व्यक्त गर्नुभयो ।

कार्यक्रममा नेपाली कांग्रेस प्रदेश सभा ‘क’का सभापति ओम छन्त्याल, रघुगंगा गाउँपालिका अध्यक्ष तथा प्रदेश ‘क’का उपसभापति भवबहादुर भण्डारी, गाउँपालिका उपाध्यक्ष कमला तिलिजा, नेपाल तरुणदल म्याग्दीका अध्यक्ष तथा महाधिवशेन प्रतिनिधि मुकुन्द छन्त्याल, महाधिवेशन प्रतिनिधि जीवनकुमार मल्ल, वडा नम्बर ६ का वडा अध्यक्ष तथा कांग्रेस गाउँपालिका सभापति मनकुमार शेरपुजा, वडा नम्बर ४ का वडा अध्यक्ष रुकबहादुर गर्बुजा, नेपाल शिक्षक संघ मंगला गाउँपालिका अध्यक्ष टेकबहादुर राम्जाली लगायतले बोल्नुभएको थियो ।

शिक्षक संघ रघुगंगाका निबर्तमान अध्यक्ष युबहादुर गर्बुजाको अध्यक्षता र याम शेरपुजाको सञ्चालनमा सम्पन्न कार्यक्रममा निवर्तमान अर्थ सचिव बिजय शर्माले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...