जलजला गाउँपालिका बालमैत्री स्थानीय शासन तर्फ उन्मुख

Gandaki Ghumau

बेनी । पर्वतको जलजला गाउँपालिकालाई बालमैत्री घोषणा गर्ने प्रक्रिया अघी बढेको छ । स्थानीय शासन सहितको गाउँपालिका घोषणा गरी बाल अधिकार र बाल विकासको सुनिश्चत गर्ने कार्यमा जुटेको हो ।

सामुदायिक तथा संस्थागत विद्यालयका प्रधानाध्यापक र लेखा प्रमुखका लागि पहिलो चरणमा बालमैत्री स्थानीय शासन र विद्यालयको लेखा ब्यवस्थापन सम्बन्धी तालिम सञ्चालन गरिएको छ ।

पुष १७ गतेदेखि शुरु भएको तीन दिनसम्म चल्ने तालिममा ६० जना सहभागी भएको गाउँपालिकाका सामाजिक बिकास अधिकृत लिलाधर सुबेदीले जानकारी दिनुभयो ।

Shreekrishna

कार्यपालिकाको सामाजिक बिकास समितिका संयोजक तथा वडा नम्बर २ का अध्यक्ष गोबिन्द खत्रीको अध्यक्षतामा शुरु भएको तालिमको प्रमुख अतिथि वडा नम्बर ४ का अध्यक्ष भिष्म मल्ल रहनुभएको थियो ।

Gunasthariya Shiksya

तालिमको पहिलो दिन बालमैत्री स्थानीय शासनको लक्ष्य उद्देश्य तथा यसको ऐतिहासिक पृष्ठभूमी सिद्घान्त र हाल सम्म भएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रयासहरुका वारेमा छलफल भएको थियो ।

स्थानीय सरकारलाई लक्षित गरी संघीय सरकारद्वारा तर्जुमा गरिएको बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका २०७८ मा उल्लेखित बालमैत्री सूचकहरुलाई गाउँपालिकाका सबै वस्ती विद्यालय तथा वडा मा कार्यान्वयन गर्दै जानको लागि सहभागीहरुले माग गरेका छन् ।

बालमैत्री स्थानीय शासन सम्बन्धी सहजीकरण सामाजिक विकास अधिकृत लिलाधर सुवेदीले गर्नुभएको थियो भने दोस्रो र तेस्रो दिनको लेखा ब्यवस्थापन सम्बन्धी सहजीकरण लेखा अधिकृत श्री तेजुराम सुनारले गर्ने कार्यक्रम रहेको छ ।

तालिमको औपचारिक सत्रमा सहभागीहरुलाई स्वागत तथा उद्देश्य माथि प्रकास पार्ने कार्य शिक्षा शाखा प्रमुख अधिकृत त्रिविक्रम आचार्यले गर्नुभएको थियो । प्रशासन शाखा प्रमुख अधिकृत प्रताप शर्माले शुभकामना मन्तब्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन शिक्षा शाखामा कार्यरत प्राबिधिक सहायक देवी रिजालले गर्नुभएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...