म्याग्दीकालीको चौँधौ साधारण सभा

Shreekrishna hardware

बेनी । म्याग्दीकाली सञ्चार सहकारी संस्था लि. बेनीको को चौँधौ बार्षिक साधारण सभा शुक्रबार बेनीमा सम्पन्न भएको छ ।

बेनी नगरपालिकाका प्रमुख एवम् संस्थाका संस्थापक अध्यक्ष हरिकुमार श्रेष्ठले उद्घाटन गर्नुभएको साधारण सभाले संस्थाका सचिव सुबिन श्रेष्ठले प्रस्तुत गर्नु भएको बार्षिक प्रगति र कोषाध्यक्ष राजु बानियाँले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनलाई छलफल र सुझाव सहित पारित गरको छ ।

केबल, इन्टरनेट र एफ.एफ संचालन गरेको संस्थाले आर्थिक बर्ष २०७७÷०७८ मा केबल तर्फ ६३ लाख ८७ हजार ४ सय ९ रुपैया र एफ.एफ तर्फ आठ लाख ५१ हजार ४ सय ६१ रुपैयाँ आम्दानी गरको छ ।

Shreekrishna

केबल तर्फ ७७ लाख ८० हजार ८०६ रुपैयाँ र एफ.एम तर्फ सात लाख ५७ हजार ५ सय ८७ रुपैयाँ खर्च भएको कोषाध्यक्ष बानियाँ द्वारा प्रस्तुत गरिएको प्रतिवेदनमा उल्लेख भएको छ । त्यस्तै पोखरा इन्टरनेट र संस्थाको ५०÷५० प्रतिशत लगानीमा संचालित इन्टरनेट तर्फ कुल आम्दानी १ करोड २८ लाख ८ हजार ५ सय ६९ रुपैयाँ र कुल खर्च ५९ लाख ३५ हजार ४ सय ४९ रुपैयाँ रहेको छ ।

Ban devision notice

कार्यक्रममा बोल्दै प्रमुख अतिथि श्रेष्ठले स्थापनाको १४ बर्ष सम्म निरन्तर रुपमा संचालनमा रहेर जिल्लामा संचारको सेवा उपलब्ध गराएकोमा गौरवको महशुस गर्दै हाल प्रविधिले फड्को मारिरहेकाले त्यस संग प्रतिस्पर्धा गर्न नसक्दा संस्था कमजोर हुँदै गएको बताउनुभयो ।

उहाँले प्रबिधिको चुनौतिलाई सामना गर्दै नयाँ योजना र सोचका साथ संस्थालाई अगाडि बढाउन आबश्यक रहेकाले त्यस तर्फ गम्भिर भएर सोच्न संचालक समिति तथा लगानीकर्ताहरुलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय सदस्य कुविर कुमार श्रेष्ठ, जिल्ला हुलाक कार्यालय म्याग्दीका हुलाक अधिकृत साधना कुमारी श्रेष्ठ, शेयर सदस्यको तर्फबाट कृष्णबहादुर थापा, पत्रकारहरुको तर्फबाट म्याग्दी मिडिया सोसाइटीका अध्यक्ष कमल खत्री लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो ।

साधारण सभाले संस्थामा देखिएको बर्तमान चुनौति, भावि योजना र रणनीतिको बिषयमा छलफल गरि आवश्यक निर्णय गरिएको सचिव श्रेष्ठले बताउनुभयो । कार्यक्रम संस्थाका अध्यक्ष बिजयकुमार श्रेष्ठको अध्यक्षता, उपाध्यक्ष रामजीप्रसाद सुवेदीको स्वागत र सचिव श्रेष्ठको संचालनमा सम्पन्न भएको थियो । २०६४ सालमा स्थापना भएको संस्थाले हाल बेनी नगरपालिका ७ मंगलाघाटमा अवस्थित आफ्नै भवनबाट कार्यालय संचालन गरिरेहेको छ । संस्था द्वारा म्याग्दीकाली इन्टरनेट, म्याग्दीकाली एफ.एफ र पोखरा इन्टरनेट संचालनमा रहेका छन ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...