कुहुँमा अनेमसंघको वडा सचिब सहित ५० जना काँग्रेस प्रबेश

Gandaki Ghumau


बेनी, म्याग्दीको मंगला गाउँपालिका–१ कुहुँमा नेकपा एमाले निकट अनेमसंघको वडा कमिटी सचिब सुशिला पुन सहित ५० जना शनिबार नेपाली काँग्रेसमा प्रवेश गरेका छन्

थाइवाङमा शनिबार भएको कार्यक्रममा अनेमसंघको वडा सचिब पुन सहित माओवादीका पुर्व स्थानीय नेता रबिन पुन, लिलामान पुन लगायत ५० जना प्रवेश गरेका काँग्रेस म्याग्दीका सभापति खम्बिर गर्बुजाले बताउनुभयो ।

कुहुँ एमालेका केन्द्रिय सदस्य तथा गण्डकी प्रदेशका सांसद नरदेबी पुनको गृह वडा हो । काँग्रेस प्रवेश गरेका रबिन पुन बि.स. २०६४ ताका माओवादीमा सक्रिय हुनुहुन्थ्यो । बैदेशिक रोजगारका लागि जापान गएपछि उहाँ राजनीतिमा निष्क्रिय हुनुहुन्थ्यो । रबिनलाई भित्र्याएर कुहुँमा काँग्रेसले बलियो बनेर एमालेलाई टक्कर दिन खोजेको देखिन्छ ।

Shreekrishna
Gunasthariya Shiksya

नवप्रवेशीहरुलाई स्वागत गर्दै सभापति गर्बुजाले सबैलाई उचित जिम्मेवारी दिइने बताउनुभयो । कांग्रेस म्याग्दीले पार्टीलाई थप बलियो बनाउन टोल स्तरमा संगठन विस्तारलाई तिब्रता दिएको जानकारी दिनुभयो । सभापति गर्बुजाले आगामी तीन वटै तहको निर्वाचन केन्द्रीत भएर जनताको घरदैलोमा जान र पार्टीलाइृ बिजयी गराउनेतर्फ लाग्न पार्टी कार्यकर्तालाई निर्देशन दिनुभयो ।

कर्याक्रममा जिल्ला उपसभापति तथा बेनी नगरपालिका मेयर हरिकुमार श्रेष्ठ, जिल्ला सचिव हिराबहादुर पुन, महाधिवेशन प्रतिनिधि चिरञ्जिवी शर्मा, जिल्ला सहसचिव श्रीराम पौडेल, प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का सभापति टंकप्रसाद पुन, मंगला गाउँपालिका सभापति नरसिङ बहादुर खत्री, लगायतले बोल्नुभएको थियो ।

पालिका सपभापति खत्रीको सभापतित्व र कार्यक्रम संचालन मंगला गाउँपालिका कार्यसमितिका सचिव विरेन्द्र बुढाथोकीले गर्नुभएको थियो । वडा सभापति राम खत्रीले स्वागत मन्तव्य राख्नुभएको थियो । प्रदेश सभा निर्वाचन क्षेत्र ‘ख’का उपसभापति गोपाल भट्टचन, हिमाल गुरुङ र वडा नम्बर ४ का इकाई सभापति लालबहादुर रोका मगर लगायतको उपस्थिती रहेको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...