म्याग्दी क्याम्पसका बिद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

Gandaki Kotihome

बेनी , नेपाल बैंक लिमिटेडको बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

कार्यक्रममा सञ्चालक समितिका अध्यक्ष बालकृष्ण सुवेदीले विद्यार्थीले सिकेको वित्तीय सीपले ब्यक्तिगत, परिवार र राष्ट्रलाई नै सहयोग पुग्ने बताउनुभयो । उहाँले विद्यार्थीले दैनिक जीवनमा बैंकिङ सेवाको फाइदाहरु, बचत गर्ने बानीको विकास, बैंकबाट प्राप्त गरिने सेवा, सुविधा तथा र यसका फाइदा लगायतका बारेमा जानकारी हुँदाभविष्यमा बैंकिङ क्षेत्रमा प्रवेशको क्रममा समेत सहज हुने बताउनुभयो ।

Notice about ban dadalo

सोही अवसरमा आयोजित बैंकिङ क्विज प्रतियोगितामा ९ समूहको सहभागिता थियो । प्रतियोगितामा भरत बुढाथोकी, लिला पूर्जा र विषेश केसीको समूह प्रथम, अभिषेक केसी, यज्ञप्रसाद श्रेष्ठ र सुरेश थापाको समुह द्वितीय, भरत सुवेदी, सुष्मा पौडेल, सुजता पौडेलको समूह तृत्तीय भएको थियो । प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश ४ हजार ५ सय, ३ हजार र २ हजार ४ सय रुपैयाँ प्राप्त गर्नेछन् । उक्त पुरस्कार पुस १८ गते हुने क्याम्पसको वार्षिक उत्सवको अवसरमा वितरण गरिने छ ।

Shreekrishna hardwear in news

कार्यक्रममा सञ्चालक समितिका उपाध्यक्ष सोमनाथ ढुंगाना, कोषाध्यक्ष दीपेन्द्र श्रेष्ठ,क्याम्पस प्रमुख गोरखबहादुर जिसी, सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदी, संकाय विभाग प्रमुख नारायण सुवेदी लगायत एक सय जना विद्यार्थीको उपस्थिति थियो ।

सोही अवसरमा बैंकका शाखा प्रबन्धक मोहनप्रसाद लामिछानेले नेपाल बैंकले लागू गरेका विभिन्न सेवा सुविधाहरु, डिजिटल बैंकिङ, विद्यार्थी लक्षित शुभज्ञान बचत खाता साथै बैंकिङका विविध आयामहरुको बारेमा जानकारी गराउनुभयो । उहाँले बेनी शाखामार्फत निरक्षरदेखि साक्षर ग्राहकको रोजाइमा पर्ने गरी आधुनिक प्रविधियुक्त बैकिङ सेवालाई प्राथमिकता दिइएको बताउनुभयो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...