लिटिल गार्डेनको बार्षिकोत्सब

Gandaki Kotihome

बेनी । बेनी नगरपालिका–८ गणेशटोलमा रहेको लिटिल गार्डेन एकेडेमीको बिहिबार १८ औ वार्षिकोत्सव तथा अभिभावक दिबस मनाइएको थियो ।

पुरस्कार बितरण, सम्मान तथा सांस्कृतिक कार्यक्रम गरेर बार्षिकोत्सब मनाएको हो । अभिभावक खेलकुदमा बिजयीलाई पुरस्कार बितरण गरिएको छ । बिद्यार्थीहरुको खेल क्षमता बिकासका लागि दुईदिन सम्म संचालन गरिएको बिभिन्न खेलकुदमा बिजयी भएका बिद्यार्थीहरुलाई पनि पुरस्कार प्रदान गरिएको प्रिन्सीपल दिपक सुबेदीले बताउनुभयो ।

कार्यक्रममा उत्कृष्ट अभिभावक टेकप्रसाद सापकोटा र मनिता पुर्जा, उत्कृष्ट शिक्षक सन्जु घिमिरे, उत्कृष्ट छात्र कक्षा ९ का आसिव बरुवाल र उत्कृष्ट छात्रा तर्फ कक्षा १० की साधना पुर्जा सम्मानित हुनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख देबेन्द्र कटुवालले जिल्लामा दक्ष शैक्षिक जनशक्ती उत्पादनमा निजी बिद्यालयहरुको महत्वपुर्ण भूमिका रहेको बताउनुभयो ।

Upper Myagdi transmition line notice

उहाँले बिद्यार्थीहरुलाई किताबी ज्ञान संगै उनिहरुको अन्तरनिहित क्षमताको पहिचान गरि त्यसको बिकासमा पनि बिद्यालय र शिक्षकहरुले ध्यान दिन आवश्यक रहेको बिचार ब्यक्त गर्नुभयो । उहाँले बिद्यार्थीहरुलाई कलिलै उमेरदेखि अनुशासन, नैतिकता आचरण र असल बानीको बिकास गराउन पनि बिद्यालयको अहम भूमिका हुने बताउनुभयो ।

Annapurna aarohan ko notice

म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष बेल बहादुर कटुवालले सरकारी बिद्यालयबाट एसइई उतिर्ण जेहेन्दार बिद्यार्थीलाई मात्र सरकारले छात्रबृत्ती तथा अन्य सुविधा दिने ब्यबस्था भएकाले निजी बिद्यालयका बिद्यार्थीहरुमा पनि त्यो ब्यबस्था लागु गर्न आबश्यक रहेको बताउनुभयो ।

नेपाल पुस्तक तथा स्टेश्नरी ब्यबसायी महासंघ गण्डकी प्रदेशका अध्यक्ष लिलाराम गौतमले बिद्यालयले अभिभावकको चाहना अनुसार बिद्यार्थीको मनोभावना बुझेर शिक्षा, खेलकुद, संगीत, लगाएत क्षमता र प्रतिभाका फरक बिद्यालाई पनि संगसंगै लैजान आवश्यक रहेको बताउनुभयो ।

कार्यक्रममा प्याव्सन म्याग्दीका अध्यक्ष कृष्णप्रसाद सुवेदी, म्याग्दी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख गोरख जिसी लगाएतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । कार्यक्रम बिद्यालयका संचालक निर्देशक बालकृष्ण सुवेदीले बिद्यालय १८ औँ बर्ष सम्म आइपुग्नुमा शिक्षक, बिद्याथी र अभिभावकहरुको ठुलो हात रहेको बताउनुभयो ।

आगामी दिनमा अझै रचनात्मक र सिर्जनशिलताका साथ अध्ययनलाई अगाडि बढाउने योजना रहेको भन्दै यसका लागि आवश्यक साथ, सहयोग, सल्लाह र सुझाव दिन सवै अभिभावकहरुलाई आग्रह गर्नुभयो ।

बिद्यार्थीहरुद्वारा आकर्षक सांस्कृतिक प्रस्तुती प्रस्तुत गरिएको कार्यक्रम संचालक सुवेदीको अध्यक्षता, नेपाली बिषयका शिक्षक नगेन्द्र प्रसाद गौतमको स्वागत र बिद्यालयका प्राज्ञिक सल्लाहकार प्रेम जिसीको संचालनमा सम्पन्न भएको थियो ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...