म्याग्दीका पत्रकार गौतमलाई सिर्जनशिल पत्रकारिता पुरस्कार

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

बेनी । म्याग्दीका पत्रकार हरिकृष्ण गौतमलाई सोमबार सिर्जनशील पत्रकारिता पुरस्कार प्रदान गरिएको छ ।

आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङको १५ औं वार्षिक साधारणसभाका अवसरमा पुरस्कार प्रदान गरिएको हो । आदर्श सञ्चारका सह–सम्पादक पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले २०७१ सालमा स्थापना गरेको कोषबाट नगद १० हजार सहित गौतमलाई सम्मान गरिएको हो ।

बागलुङ नगरपालिकाका नगर प्रमुख जनकराज पौडेल र आदर्श सञ्चार सहकारी संस्था लिमिटेड बागलुङका अध्यक्ष हुमाकुमारी जिसीले गौतमलाई प्रदान गर्नुृभएको छ । नेपाल पत्रकार महासंघ म्याग्दी शाखाका उपाध्यक्ष गौतम बेनी साप्ताहिक र बेनी अनलाइनका प्रकाशक तथा नागरिक दैनिकका सम्बाददाता हुनुहुन्छ ।

Shreekrishna
मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना

धौलागिरीका क्रियाशिल र सिर्जनशील पत्रकारलाई प्रदान गरिने सिर्जनशील पत्रकारिता पुरस्कार भने यसअघि सन्तोष थापा (पर्वत), दिल शिरीष (बागलुङ), सन्तोष गौतम (म्याग्दी), राम थापा, संगम घर्ति (बागलुङ) र सुन्दर कुमार थकाली (मुस्ताङ)लाई प्रदान गरिएको थियो ।

समाजमा बिद्यमान भड्किलो विवाहका बिरुद्ध पत्रकारद्वय सिर्जना पन्त र सन्तोष क्षत्रीले प्रगतिशिल विवाह गरेर समाजमा सकरात्मक सन्देश प्रवाह गर्दै आफ्नो विवाह खर्च कटाएर रु. ५० हजार आदर्श सञ्चार सहकारीमा अक्षय कोष स्थापना गर्नुभएको थियो ।

उक्त कोषको ब्याजबाट आउने रकमबाट हरेक वर्ष धौलागिरीका क्रियाशील र सिर्जनशील पत्रकारलाई पुरस्कृत गरिदै आइएको छ । अहिले उक्त कोषको रकम रु. एक लाख पु¥याइएको छ । पुरस्कार ग्रहणपछि पत्रकार गौतमले पत्रकारिता क्षेलाई थप गतिशिलदिन आफूलाई थप उर्जा प्राप्त भएको बताउनुभयो ।

यसैबीच एथ्लेटिक परिवार नेपालले काठमाण्डौमा आयेजना गरेको युथ एथ्लेटिक च्याम्पियन अन्र्तगत ८०० मिटर दौडमा आदर्श सहकारीका शेयर सदस्य काठेखोला गाउँपालिका–७ रेशन निवासी रन बहादुर कार्कीका छोरा बादल कार्कीलाई सम्मान गरिएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...