अनोद र बिमला काँग्रेसको प्रदेश सदस्यमा निर्बाचित

भू तथा जलाधार संरक्षण कार्यालय कुश्माको सूचना

बेनी । नेपाली काँग्रेस गण्डकी प्रदेश समिति सदस्यमा म्याग्दीका अनोद श्रेष्ठ र बिमला गौचन निर्बाचित हुनुभएको छ ।

पोखरामा आइतबार सम्पन्न प्रदेश अधिबेशनमा म्याग्दीको प्रतिनिधित्व गर्दै श्रेष्ठ र गौचन निर्बाचित हुनुभएको हो ।

म्याग्दी बहुमुखी क्याम्पसको सूचना

भुगोल तर्फको महिला र पुरुष गरी दुई पदमा पुरुष तर्फ शिव केसी र अनोद श्रेष्ठ, महिला तर्फ विमला गौचन र अमृतदेवी बानियाँको उम्मदेवारी परेको थियो । गौचनले ५३४ र बानियाँले ५२९ मत प्राप्त गर्नुभयो ।

Shreekrishna

त्यसैगरी श्रेष्ठले ५४८ र केसीले ४८७ मत प्राप्त गर्नुभयो । प्रदेश उपसभापतिमा उमेद्वार बन्नुभएका म्याग्दीका नेता नेत्रबहादुर महत पराजित हुनुभयो ।

गण्डकीमा काँग्रेसको संस्थापन पक्षका अर्जुनप्रसाद जोशीलाई पराजित गर्दै बरिष्ठ नेता रामचन्द्र पौडेल निकट शुक्रराज शर्मा सभापतिमा बिजयी हुनुभयो ।

संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना म्याग्दीको सन्देश
प्रतिक्रिया दिनुहोस
Loading...