धौलागिरी साना किसान सहकारी स्थापना

Gandaki Kotihome

गोपाल आचार्य
ताकम,

। जडिबुटी खेती, बजारीकरण र स्थानीयबासीको आयआर्जन सुधार गर्ने उद्देश्यले म्याग्दीमा धवलागिरी साना किसान सहकारी संस्था स्थापना भएको छ ।

धवलागिरी गाउँपालिकाका अगुवाहरुले स्थापना गरेको सहकारीको प्रारम्भिक साधारणसभा शनिबार शिवाङमा सम्पन्न भएको छ । २०७७ असोज ११ गते कृषि तथा जडिबुटी नामाकरण गरिएको संस्थाको नाम २०७७ चैत २१ गते संसोधन भएको थियो ।

Shreekrishna hardwear in news

देउप्रसाद छन्त्यालको अध्यक्षतामा गठन भएको सहकारीको सचिबमा पुर्णबहादुर भण्डारी हुनुहुन्छ । सहकारीमा गाउँपालिकाका ५५० जना जना शेयर सदस्य रहेका छन् । २३१ द्यलित, २८० जनजाती र अन्य समुदायका ३९ जना सदस्य छन् ।

Notice about ban dadalo

रु. तेह् लाख शेयर लगानी र रु. ३७ लाख १६ हजार ८०० शेयर पुजि रहेको संस्थाले रु. तेह् लाख १६ हजार ५७९ बचत संकलन गरि रु. ४५ लाख ९५ हजार सहुलियत ब्याजदरमा ऋण लगानी गरेको साधारणसभामा जानकारी गराइएको थियो ।

साधारणसभामा धवलागिरी गाउँपालिकाका अध्यक्ष थमसरा पुनले धवलागिरीको जडिबुटीको सम्भावनालाई ब्यवहारमा उतार्न र आयआर्जन सुधार गराउन सहकारीले अगुवाई गरेर काम गर्न सुझाब दिनुभयो ।

गिरीप्रसाद छन्त्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा धवलागरी गाउँपालिका ३ का वडा अध्यक्ष पुर्म पुन, मुदीका लोकबहादुर घर्तीले शुभकामना मन्तब्य ब्यक्त गर्नुभएको थियो । साधारणसभाले धवलागिरी गाउँपालिकाका सबै घरधुरीलाई शेयर सदस्य बनाउने निर्णय गरेको छ ।

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...