राहुघाटमा पक्की पुल निर्माण

Gandaki Kotihome

म्याग्दी: राष्ट्रिय गौरवको कालीगण्डकी कोरिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत राहुघाट नदीमाथि पक्की पुल निर्माण गरिएको छ ।

बेनी–जोमसोम–कोरला सडक आयोजनाले बेनी नगरपालिका–९ र रघुगङ्गा गाउँपालिका–३ को सिमाना भएर बग्ने राहुघाट नदीमाथि मोटर चल्ने पुल बनाएको हो। आयोजना प्रमुख जगत प्रजापतिले ४० मिटर लामो र ११ मिटर चौडाइ भएको प्रिस्टेड प्रविधिको राहुघाट नदीमा बनेको पुलमा सवारीसाधन सञ्चालन गरिएको जानकारी दिए ।

“रङगरोगन, पहुँचमार्गलाई अन्तिम रुप दिन र संरक्षणको केही बाँकी रहे पनि पुल सञ्चालन योग्य भएपछि सवारीसाधन आवतजावतका लागि खुला गरेका छौ”, उनले भने, “ठेकेदारले बाँकी काम सकेर हस्तान्तरण गर्ने तयारी छ।” गलेश्वरको पुल बनाउन कालिका–गजुरमुखी जेभीले विसं २०७४ असारमा रु छ करोड २४ लाख तीन हजार ८२५ मा ठेक्का सम्झौता गरेको थियो ।

Upper Myagdi transmition line notice
Annapurna aarohan ko notice

सम्झौताको म्याद विसं २०७६ चैत २६ गते सकिएको थियो। सहायक ठेकेदार विवेक निर्माण कम्पनीका सञ्चालक सचिन क्षेत्री मजदूर र आपूर्तिकर्तालाई भुक्तानी नगरी विसं २०७६ फागुनदेखि सम्पर्कविहीन बनेपछि विसं २०७७ मङ्सिरदेखि जिम्मा लिएका मूल ठेकेदारले पूर्णता दिएका हुन् ।

सहायक ठेकेदारले अधकल्चो बनाएको पुल निर्माणमा कोरोना भाइरसको महामारी, बन्दाबन्दी, निषेधाज्ञा र बाढीपहिराका कारण ढिलाइ भएको गजुरमुखी निर्माण कम्पनीका आयोजना व्यवस्थापक नरेन्द्र न्यौपानेले बताए। छ्यहत्तर किलोमिटर दूरीको बेनी–जोमसोम सडकअन्तर्गत रघुगङ्गा–१ र अन्नपूर्ण–७ को सिमानामा पर्ने महभिर, अन्नपूर्ण–६ र २ को सिमाना पोखरे बगरस्थित कालीगण्डकी नदीमा पनि दुई वटा मोटरेबल पुल निर्माण सकिएको छ ।

भौतिक योजना तथा यातायात मन्त्रालयअन्तर्गत पुल महाशाखाको पश्चिम सेक्टर कार्यालय पाल्पाले दुई मोटरेबल पुल निर्माणका लागि विसं २०७४ फागुनमा हिम–सगरमाथा–डाँफे–बज्रगुरु जेभीले रु १९ करोडमा ठेक्का सम्झौता गरेको थियो। महभिरमा ८० मिटर र पोखरेबगरमा ७० मिटर लामो पुल ११÷११ मिटर फराकिला छन् ।

महभिरको पुल सञ्चालनमा आइसकेको छ । पोखरेबगरको पुल जोड्ने पहुँचमार्गको जग्गा विवाद समाधान गरेर सञ्चालनको तयारी गरिएको आयोजना प्रमुख प्रजापतिले बताए। राहुघाट, महभिर र पोखरेबगरमा यातायात आवतजावतका लागि विसं २०६४ मा निर्माण भएका बेलिब्रिज जीर्ण थिए। धेरै भार भएका सवारीसाधन पुलबाट आवतजावत गराउन समस्या थियो । 

Gandaki Sarkar Notice about banyajantu
प्रतिक्रिया दिनुहोस
Loading...