भगवतीमा तरुण दल गठन

मंगला गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सूचना

भगवती, म्याग्दीको रघुगंगा गाउँपालिका वडा नं. २ भगवतीमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल तरुण दल गठन भएको छ ।
नेपाल तरुण दल वडा ईकाइ समिति पुनर्गठन, संगठन विस्तार र सृदृढीकरण अभियान अन्तरगत शनिबार भगवति कोत मन्दिरमा भएको कार्यक्रममा अर्जुन भण्डारीको अध्यक्षमा ८१ सदस्यी तरुण दल वडा इकाइ समिति गठन भएको छ ।


समितिको उपाध्यक्षमा मोहन केसी, गोकर्ण थापा, सञ्जन जिसी, सचिवमा बालकृष्ण भण्डारी, सुरेस केसी, सह–सचिव रमेश परियार, कृष्ण परियार, गणेश खत्री र कोषाध्यक्षमा कोपीला परियार सहित ८१ सदस्यीय वडा इकाइ समिति गठन भएको हो । कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठले पछिल्लो समय नेपाली काँग्रेसमा युवाको आर्कषण बढेको बताउदै अबको काँग्रेसको राजनितिमा युवाहरुले महत्वपूर्ण भुनिका रहने बताउनुभयो । उहाँले नवगठित तरुण समितिलाई बधाई तथा शुभकामना दिुनभएको थियो ।

मालिका गाउँपालिकाको उपभोक्ता अधिकार सम्बन्धी सार्वजनिक सूचना


कार्यक्रममा नेपाली काँग्रेस म्याग्दीका उपसभापति कर्णबहादुर भण्डारी (केबी) अन्नपूर्ण गाउँपालिका प्रमुख क्या डमबहादुर पुन, रघुगंगा गाउँपालिका प्रमुख, भवबहादुर भण्डारी, समाजसेवी देबेन्द्रबहादुर मल्ल, नेपाल विद्यार्थी संघका सभापति निर्मल खत्री, रघुगंगा गाउँपालिका वडा न ३ का सभापति अशोक शाही, बेनी नगरपालिका वडा न ७ का सभापति रमेश श्रेष्ठ, रघुगंगा पालिका ३ का वडा अध्यक्ष तथा पालिका निवर्तमान सभापति जिबन कुमार मल्ल, बेनी नगर समितिका सभापति रबिन्द्र कार्की, महाधिवेशन प्रतिनिधि मनकुमारी विश्वकर्मा, महाधिवेशन प्रतिनिधि चिरञ्जीवी शर्मा, प्रदेश निर्वाचन क्षेत्र क का उपसभापति सुजन बरुवाल, तरुण दल निर्वाचन क्षेत्र क का संयोजक असल केसी, तरुण दल सभापति तथा महाधिवेशन प्रतिनिधि मुकुन्द छन्त्याल लगायतले बोल्नुभएको थियो ।

Shreekrishna


वडा इकाइ समिति सभापति राजकुमार भण्डारीको अध्यक्षता, गाउँपालिका सभापति मनकुमार शेरपुजाले सञ्चालन गर्नुभएको कार्यक्रममा विभिन्न पार्टीका दुई दर्जन युवा नेपाली काँग्रेस प्रवेश गरेका थिए । पार्टी प्रवेश गरेका युवाहरुलाई हरिकुमार श्रेष्ठ, क्या.डमबहादुर पुनलगायतले सदस्यता वितरण गर्नुभएको थियो ।

अन्नपूर्ण गाउँपालिकाको बालअधिकार सम्बन्धी सूचना
प्रतिक्रिया दिनुहोस
Loading...