पाखापानीमा आयुर्वेद स्वास्थ्य शिबिर

Gandaki Ghumau

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–६ पाखापानीमा शनिबार निशूल्क आयुर्वेद स्वास्थ्य शिबिर सम्पन्न भएको छ ।

रघुगंगा गाउँपालिकाले दुर्गम र बिकट क्षेत्रका नागरिकहरुलाई गाउँमै सर्बसुलभ रुपमा बिशेषज्ञ चिकित्सकको उपचार सेवा उपलब्ध गराउने उद्देश्यले शिबिरको आयोजना गरेको हो ।

शिबिरबाट १०५ जना पुरुष र १२० जना महिला गरि कुल २२५ जना लाभान्वित भएका रघुगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीले जानकारी दिनुभयो ।

Shreekrishna

पाखापानी, झिँ, कोटगाउँ, रायखोर, ठाडाखानी, कुइनेखानीका बासिन्दाहरुले सेवा लिएका थिए । शिबिरमा स्वास्थ्य परिक्षण, परामर्श र निशूल्क आयुर्वेदिक औषधि बितरण सम्बन्धी सेवा दिइएको थियो ।

Gunasthariya Shiksya

आयुर्वेद चिकित्सालय नरदेबी काठमाडौका बरिष्ठ कन्सल्टेन्ट आयुर्वेद बिज्ञ डा. बुद्धीप्रसाद पौडेल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र बेनीका डा. सन्देश अधिकारी, कबिराज निरीक्षक दामोदर शर्मा, महेन्द्र राखु आयुर्वेद औषधालयका कबिराज निरीक्षक लक्ष्मण शर्मा चालिसे, बैद्य निरीक्षक प्रेमप्रसाद गौतम, बैद्य बिनोद कुमार यादव र पाखापानी स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुले सेवा दिनुभएको थियो ।

शिबिरको उद्घाटन गर्दै रघुगंगा गाउँपालिकाका उपाध्यक्ष कमला तिलिजाले बिकट क्षेत्रका नागरिकलाई गाउँघरमै सहज र सर्वसुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन, आयुर्वेद औषधी र उपचार पद्दतिप्रति आकर्षण बढाउन तथा महत्व बुझाउन शिविर आयोजना गरिएको बताउनुभयो ।

प्रशासकीय अधिकृत सुबेदीले गाउँमै बिशेषज्ञ चिकित्सकहरुलाई उपस्थित गराएर रोगको पहिचान र उपचारका लागि सहज वातावरण बनाएको बताउनुभयो । सदरमुकाम बेनी लगायतका ठाउँका अस्पताल पुगेर लिदै आएको चिकित्सकको उपचार सेवा गाउँमै पाउँदा स्थानीयले खुसी ब्यक्त गरेका छन् ।

ग्यास्ट्रिक, अम्लपित्त, जण्डीस, रक्त अल्पता, बातब्याधी, दम, खोकी, रक्तचाप, मुत्र बिकार, मधुमेह, स्त्रीरोग, नशा र आँखा सम्बन्धी समस्या भएका बिरामीको उपचार गरिएको थियो ।

Hinsa Mukta Samaj
प्रतिक्रिया दिनुहोस
Loading...